१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रले भन्यो : ‘तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तर मन्त्रालय समन्वय र कूटनीतिक पहल जारी छ’

अ अ+ अ-

काठमाडौँ । गत १० भदौको रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले क्षति पुर्‍याएको रसुवागढी नाकाको पुन:निर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन अन्तर मन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

शुक्रवार मन्त्रालयले नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाल-चीन जोड्ने मुख्य व्यापारिक नाका सञ्चालनमा ल्याउन बिहीवार परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तर मन्त्रालय समन्वय बैठक सम्पन्न भएको बताए। 

उनकाअनुसार बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्‍याएको क्षतिको मूल्यांकन, पुन:निर्माण लगायतका विषयमा छलफल भएको छ । यसअघि गत भदौ १० गते आएको बाढीपछि अवरुद्ध तातोपानी नाका वडा दसैँको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो ।

उनले भने, ‘गत भदौ दश गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात अवरुद्ध भएको नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट ठूला मालवाहक सवारी साधन वडा दसैँको अवसरमा तीन दिनको लागि खुला गरिएको थियो । यो कुरा अवगत नै छ । यसैगरी २६ अगस्ट २०२६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्‍याएको ठूलो क्षतिको मूल्याकन गरी उक्त नाकालाई पुनः सञ्चालनमा ल्याउन पुनः निर्माण लगायतका विषयमा छलफल गर्न र अन्य नाकाहरू खुलाउने विषयमा सम्बन्धित विभाग तथा मन्त्रालयहरूसँग परराष्ट्र मन्त्रीको उपस्थितिमा अन्तर मन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ । चीनसँगका नाकाहरू खुलाउने सम्बन्धमा मन्त्रालयमार्फत नियमित  समन्वय भइ नै रहेको छ ।’

प्रवक्ता क्षेत्रीले दक्षिण पूर्वी एसियाली देशहरूमा सञ्चालित अनलाइन स्क्यामिङ फसेका नेपाली नागरिकको उद्धारका लागि समेत आवश्यक पहल र समन्वय भइरहेको जानकारी दिए । 

0 Comments