२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा जन्त जान नदिएको निहुँमा हत्या

अ+ अ-

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको हो । मगरले आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी थापाको हत्या गरेको स्वीकार गरेका छन् । घटनाक्रमअनुसार सोही दिन बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका मगरलाई थापाले रोकेकी थिइन् । बढी जिद्धी गरेपछि उनी जन्त गएका थिए ।

मगरको भनाइ उद्धृत गर्दै प्रंहरी प्रवक्तासमेत रहेका रेग्मीले भने, ‘राति ९ः४५ बजेतिर जन्तबाट फर्किदा आमा निदाएका थिए, मैले घरको माथिल्लो तल्लाको बार उप्काएर भित्र छिरेर तल झरी खुकुरीले छप्काएको हो’, मगरले दाप सहितको खुकुरी आफू सुतेको कोठाको पछाडि रहेको खोरमा राखेको पाइएको छ । उनले थापाको हत्यापछि रगत लागेको हातखुट्टा धोएर सुतेको बताउको उनले जानकारी दिए ।

समय–समयमा आफूलाई गाली गर्ने गरेको भन्दै आवेगमा आएर हत्या गरेको शुक्रबार सरकारी वकिलको कार्यालयमा वयानका क्रममा मगरले बताएको प्रवक्ता रेग्मीले बताए । दश महीनाअघि घरको काम गर्न मगरलाई थापा परिवारले राखेको थियो । छोरी ज्वाइँले धादिङका ती किशोरलाई खोजेर घरमा काम गर्न पठाएका थिए । घरमा रहेका कुखुरा र भण्डारामा रहेको घरको रेखदेख गर्न बसेका मगरले खुकुरी प्रहार गर्दा टाउकाको चार ठाउँमा र पाखुराको एक ठाउँमा चोट लागेको थियो ।

थापाको जेठो छोराले घरको रेखदेख गर्ने भए पनि कामका सिलसिलामा जिल्ला बाहिर गएका बेला सो घटना भएको थियो । थापाको श्रीमान्समेत घरमा नरहेको बेला ती किशोरले उनको हत्या गरेका थिए । घटना स्वीकार गरे पनि अन्य व्यक्ति संलग्न भए/नभएको अनुसन्धान भइरहेको रेग्मीले बताए । अनुसन्धानका लागि प्रहरीले अन्य पाँचलाई पनि नियन्त्रणमा लिएको छ ।