२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरुद्ध बिपी राजमार्ग संञ्चालनमा

अ+ अ-

सिन्धुली । आज बिहानभर अवरुद्ध बनेको बिपी राजमार्ग अहिले पुनः सुचारु भएको छ ।

घाइतेको उपचार र दोषीलाई कारवाही गर्ने सहमतिपछि राजमार्ग सुचारु गरिएको हो ।

आज बिहान क्याम्पस पढन जाँदै गर्दा बा ३ च ६७५१ नं को पिकअप भ्यानले ठक्कर दिएपछि दुई छात्रा घाइते भएका थिए । सोही विषयलाई लिएर विद्यार्थीले राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै आएको थियो । घाइतेको उपचार र दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले राजमार्गसमेत अवरुद्ध पारेका थिए ।

प्रहरीले ठक्कर दिई फरार रहेको भ्यानलाई नियन्त्रणमा लिएपछि विद्यार्थीले सडक अवरुद्ध छाडेर प्रहरीसँगको त्रिपक्षीय छलफलमा गएका थिए । प्रहरी, राजनीतिक दल र विद्यार्थी प्रतिनिधिको छलफलमा प्रहरीले क्षतिपूर्ति दिलाउन पहल गर्ने, बिरामीको उपचार गर्ने, ट्राफिक नियमको पालना गराउने, माझिटारदेखि ढुङ्ग्रेबाससम्म क्याम्पस पढ्न जाँदा र पढेर फर्कंदा सुरक्षित यात्राको व्यवस्था गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको विद्यार्थी नेता उत्तम पहाडीले जानकारी दिए ।

ठक्करबाट राजमार्गमा पैदलयात्रागरी क्याम्पस जाँदै गरेकी गोलञ्जोर गाउँपालिका– ३ घर भएकी १७ वर्षीया रोजिना कार्की र कमलामाई नगरपालिका– ११ निवासी १८ वर्षीया मुनी थापा घाइते भएका थिए । घाइतेमध्ये मुनी थापाको अवस्था गम्भीर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रोजिनाको सिन्धुली अवस्थामा उपचार भइरहेको छ ।

छात्रालाई ठक्कर दिई फरार रहेको बोलेरोलाई प्रहरीले बिपी राजमार्ग हुँदै खुर्कोट तर्फ जाँदै गरेको अवस्थामा गढीबाट नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

सवारी र चालकलाई नियन्त्रणमा लिइएकाले सवारी ऐनअनुसार कारवाही हुने प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।