२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रण्य दिवस : प्रेमको प्रतीक बन्यो रानीमहल

अ+ अ-

पाल्पा । प्रण्य दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतीकका रुपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ ।

प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी गहिरो प्रेमको सफलताका लागि त्यहाँ पुग्न रुचाउँछन् । प्रेमको प्रतीक रानीमहलमा बिहानदेखि भीडभाड लाग्दा चहलपहल बढेको हो ।

नेपालको ताजमहलका रुपमा परिचित रानीमहललाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । तानसेनदेखि १३ किलोमिटर उत्तरमा रहेको रानीमहल पैदल तथा गाडीमा यात्रा गर्न सकिने हुदाँ चहलपहल बढेको हो । रानीमहलमा यतिबेला प्रेम जोडीको लावालस्कर छ । उनीहरु महलसहितको तस्वीर लिन व्यस्त देखिन्छन् ।

राणाकालीन समयमा पश्चिमी कलाकौशलको प्रयोग गरी निर्माण गरिएको दरबार प्रेमको प्रतीकका रुपमा लिन थालेसँगै यस क्षेत्रको चलहपहल बढ्दै गएको हो । रानीमहल दरबारको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण रहेकाले अहिले यो लोभलाग्दो पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको छ ।

तत्कालीन पश्चिम कमाण्डका जनरल खड्गशम्शेर राणाले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा विस १९५० दरबारको शिलान्यास गरी चार वर्षको अवधिमा दरबारको काम सम्पन्न भएको थियो । तेजकुमारीको विसं १९४९ मा निधन भएपछि खड्गशम्शेरले कालीगण्डकी नदीको किनारामा रहेको विशाल चट्टानमाथि दरबार निर्माण गर्न सफल भएको देखिन्छ ।

स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा खुशी साटासाट गर्नका लागि युवायुवती हजारौँको सङ्ख्यामा आउने गरेको बताउँछन् । पहिलापहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहेको स्थानीयवासीको भनाइ छ ।

रानीमहल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका वसन्त कुँवरका अनुसार बिहानैदेखि युवायुवती पैदल, गाडीमा यात्रा गरिरहेको बताए । रानीमहलमा पाल्पा, रुपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रका आन्तरिक पर्यटक बढी आउने गरेको कुँवरको भनाइ छ ।

रानीमहल घुमफिरका लागि यहाँ प्रायः एक्लै आउँदैनन्, दुई देखि ५० सम्मको समूहमा आउँदा बिदाका दिनमा बढी चहलपहल हुने गर्दछ । रानीमहल दरबारक्षेत्र र कालीगण्डकी नदीले मानिसलाई आकर्षित गर्छ ।

दरबारको बायाँतर्फ शितलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल छ । बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । यो महल बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएकाले निकै बलियो र आकर्षक देखिन्छ । यस महलको पूर्वतिर खड्गशम्शेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्यतलामा खड्गशम्शेरका कोठाहरू रहेका छन् ।

त्यस्तै वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’का रूपमा लिइने गरिन्छ । रानीमहललाई पछिल्ला वर्षमा प्रेमको प्रतीकको रुपमा प्रचारप्रसार हुन थालेपछि युवापुस्ताको आकर्षणको केन्द्रका रुपमा बदलिएको छ । उत्तर बाहिनी हुँदै कालीगण्डकी नदी यस क्षेत्र हुँदै बग्ने भएकाले धार्मिक महत्वसमेत रहको जानकार बताउँछन् ।