काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै उप-प्रबन्धक( चा.ए.) नवौँ तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पद पूर्ति गर्न दरखास्त माग गरेको हो ।
इच्छुक नेपाली नागरिकले आजदेखि मंसिर ३ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म दरखास्त दिन सक्नेछन् ।







