२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित

अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । रु ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेपानी आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ ।

तल्लो डडुवाका ४७ घरधुरी लाभान्वित धोबीखोला खानेपानी आयोजना निर्माणमा रु ४७ लाख ५० हजार लगानी भएको छ । फिनल्याड र नेपाल सरकार तथा मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

नेपाल सरकारको रु २८ लाख , फिनल्याड सरकारको रु १५ लाख ७५ हजार , मङ्गला गाउँपालिकाको सात लाख ३३ हजार , उपभोक्ताको रु ७३ हजार लगानी रहेको पञ्चासे ओखरबोट आयोजना निर्माणका लागि उपभोक्ताले रु २१ लाख ४८ हजार बराबरको श्रमदान गरेका छन् ।

नेपाल सरकारको रु १८ लाख ७२ हजार , फिनल्याण्ड सरकारको रु १० लाख ४७ हजार , मङ्गला गाउँपालिकाको रु चार लाख ७५ हजार ६८ अनुदान रहेको धोबीखोला योजना निर्माणका लागि उपभोक्ताले रु १३ हजार ४७ लाख श्रम तथा रु ४७ हजार नगद योगदान गरेका छन् ।

निजी धारामार्फत घरघरमै खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई सुविधा, पानीको जोहो गर्न लाग्ने समयको बचत र सरसफाइमा सहज भएको तल्लो डडुवाकी श्रीकला अर्मजाले बताए ।

यसअघि सार्वजनिक धारा, कुवा र पँधेराको पानी उपभोग गर्दै आएका थिए । आयोजनाको दिगो सञ्चालनका लागि सबै उपभोक्ताको घरमा मिटर जडान गरी मासिक शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । रासस