२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक भवन निर्माणका लागि पाँच लाखको जग्गादान

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–१० पात्लेखेतका एक परिवारले गाउँमा सामुदायिक भवन निर्माणका लागि करीब पाँच लाख मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

पात्लेखेतका मोमाकुमारी मल्ल (भीमकुमारी)को परिवारले बेनी नगरपालिकाले बनाउन लागेको चार कोठे बहुउद्देश्यीय सामुदायिक भवनका लागि छ आना जग्गा निःशुल्क उपलब्ध राएका हुन् ।

भीमकुमारी, उनका छोरा भगवान र प्रताप तथा बुहारी निर्मला मल्लले आइतबार जिल्ला मालपोत कार्यालयबाट बेनी नगरपालिका–१० नम्बर वडा कार्यालयलाई जग्गा रजिस्ट्रेशन पास गरेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए ।

वडाध्यक्ष पुनका अनुसार मल्ल परिवारले उपलब्ध गराएको जग्गाको मूल्य करीब पाँच लाख अनुमान गरिएको छ । मल्ल परिवारले उपलब्ध गराएको जग्गामा बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको १७ लाख बजेटबाट सामुदायिक भवन निर्माण शुरु भएको छ ।

स्थानीय सिद्ध महिला विकास सहकारी, वन, कृषक समूह, युवा क्लबलगायत सामाजिक सङ्घ संस्थाको कार्यालयका लागि सामुदायिक भवन प्रयोग गरिने भएको छ । चालू आवभित्रनै एक तले भवन निर्माण सक्ने लक्ष्यसहित काम शुरु भएको कार्यवाहक वडाध्यक्ष पुनले बताए।

गाउँको खेतबारीमा फैलिएको गाँजा नष्ट

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको खेतबारीमा फैलिएको गाँजालाई स्थानीयको पहलमा नष्ट गरिएको छ ।

अर्मनको करसिम्ला, खारपानी, छिस्वाङ, तातोपानीलगायतका स्थानमा प्राकृतिक रुपमा उम्रेर फैलिएको गाँजाका बोटलाई वडाध्यक्ष भुपेन्द्र क्षेत्री, बाबियाचौर प्रहरीचौकीका अशोक पौडेल, हिदी खहरे आमा समूह, स्थानीय युवाको प्रयासमा जलाएर नष्ट गरिएको स्थानीय तारा क्षेत्रीले बताए ।

उनका अनुसार दुर्व्यसनीमुक्त समाज बनाउने प्रहरीको अभियानलाई निरन्तरता दिन गाँजाको बोट नष्ट गरिएको हो । गाउँमा व्यावसायिकभन्दा पनि प्राकृतिक रुपमा फैलिएका बोटलाई दुरुपयोग गर्दै गाउँ तथा आसपासका क्षेत्रका साथै दुर्व्यसनीमा फसेकाको नजर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिने वडाध्यक्ष क्षेत्रीले बताए।

पछिल्लो समय स्कूले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले शहरदेखि ग्रामीण क्षेत्रसम्म गाँजासहित लागुपदार्थ दुर्व्यसनीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । गाँजा नष्ट गर्ने क्रममा प्रहरीले गाँजाका बोट देखेमा जानकारी गराउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ । खेतबारीमा आफैँसमेत गाँजा फैलने गरे पनि सर्वसाधारणले बेवास्ता गर्ने गरेका छन् । प्राकृतिक रुपमा फैलिएको गाँजा सङ्कलन गरेर बिक्री गर्ने र गाँजा भएकै स्थानमा पुगेरसमेत सेवन गर्ने गरेको भेटिएपछि स्थानीयवासीले समेत गाँजा नष्ट गर्न सक्रियता देखाएका छन् । रासस