९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द रहने

अ+ अ-

काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनका लागि १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थल कालोपत्रे गर्न सुरु गरिएकाले सोमबारदेखि १० घण्टाका लागि बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

चालिस वर्षपछि पहिलोपटक पूर्णरुपमा कालोपत्रे गरिनलागेको विमानस्थलमा धावनमार्गसहित ‘ट्याकसी वे’ को कालोपत्रे सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

आइतबारसम्म बिहान ५ बजेदेखि राति ३ बजेसम्म २२ घन्टा सञ्चालन हुँदै आएको थियो । सोमबारदेखि बिहान ८ बजेदेखि राति १० बजेसम्म १४ घण्टा मात्र सञ्चालन हुनेछ । कालोपत्रको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुनेछ ।

प्रधिकरणले विमानस्थलको कालोपत्रे पुरानो भएकाले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै पूर्णरूपमा नयाँ कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

विमानस्थल कालोपत्रेका लागि गत पुसमा चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार ७० दिनभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि प्राधिकरणले तीन महिनाको समय उपलब्ध गराएको हो ।

कालोपत्रेको काम सुरु भएपछि आन्तरिक तथा बाह्य उडानको तालिकासमेत फेरिएको छ । विशेष गरी विहानको समयमा हुने उडानहरुको तालिका फेरिएको प्राधिकरणले जनाएको छ ।

बिहान काठमाडौंबाट लुक्ला उडान गर्ने सबै तालिका रामेछाप विमानस्थलबाट गर्ने गरी तालिका सारिएको जनाइएको छ ।

३ हजार ५० मिटर लम्बाइको धावनमार्गमा प्रत्येक दिन ७० मिटरका दरले कालोपत्रे हुनेछ ।