काठमाडौं । गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई सन्तानलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।
मङ्गलवार मन्त्री स्तरीय बैठकले जन्मका आधारमा नागरिकता पाएकाका सन्ततिको शैक्षिक वृत्ति विकासमा बाधा पुगेको भन्दै मन्त्रालयले प्रक्रिया पुर्याई वंशजको आधारमा नागरिकता दिन भनेको हो ।
यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालय र सातै प्रदेश सरकारलाई समेत बोधार्थ दिइएको छ।






