९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना-२०७५’ शुभारम्भ

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित विषेश समारोहमा ‘उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना २०७५’ कार्यान्वयनको बिहीबार शुभारम्भ भएको छ ।

प्रहरी महानिरीक्षक खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको ‘ट्राफिक एक्सन टास्क’ टिमलाई कार्य गर्न निर्देशन दिदै उक्त कार्ययोजनाको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले अब काठमाडौं उपत्यका सुन्दर शहरको रुपमा विकास हुने उल्लेख गर्दै सडकलाई सफा र सभ्य बनाउन सके समृद्ध शहर निर्माण हुने भएकोले यस अभियानमा दृढ, उत्साही तथा जिम्मेवार भई सरोकारवाला पक्षहरुले सहकार्य गर्नुपर्ने बताए ।

यस अभियानमा सबैले सहयोग गरे काठमाडौं उपत्यकालाई नमूना शहर बनाई अन्य शहरका लागि अनुकरणीय बनाउन सकिने समेत प्रहरी महानिरीक्षक खनालले चर्चा गरे । कार्ययोजना निर्माण भन्दा पनि यसको कार्यान्वयनको पक्ष महत्वपूर्ण भएकोले सम्पूर्ण सरोकालवाला पक्षहरुलाई यसको कार्यान्वयनका लागि समन्वयात्मक रुपमा अघि बढ्न उनले आह्वान गरे ।

कार्ययोजनामा सडकको करिडोर र फुटपाथ व्यवस्थापन, सडक र फुटपाथ अतिक्रमण हटाउने, जेब्रा क्रसिङ लेनहरु निर्माण तथा मर्मत गर्ने, ट्राफिक सचेतना प्रशिक्षणलाई बृहत बनाउने र ट्राफिक स्वयंसेवक तयार गर्ने, दुई पाङ्ग्रे सवारी साधन व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, ट्याक्सी स्ट्याण्ड तोक्ने, आकाशे पुल निर्माण गर्ने, सवारी प्रदुषण नियन्त्रण गर्ने तथा सवारी साधनको लेन नियमन गर्ने र ट्रिपरको साईडमा ठूलो मिरर राख्ने व्यवस्था मिलाउने लगायतका कार्य पहिलो चरणको तीन महिनाको अवधिमा गरिने प्रहरी महानिरीक्षक खनालले बताए ।

सो अवसरमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले अनुशासित र मर्यादित भएर सडकको प्रयोग गरी घरको धुलो घरमै व्यवस्थापन गर्न सके प्रदुषणमुक्त शहर बनाउन सकिने उल्लेख गर्दै सबैले हातेमालो गरी सफा र सुन्दर शहर बनाउनुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सरकार र प्रहरी मात्र भनेर नबसी सबैले आ-आफ्नो स्थानबाट योगदान पुर्‍याई अभियानलाई सशक्त रुपमा सफल पार्नुपर्ने चर्चा गर्दै उपत्यकाको सडक व्यवस्थापन र संयोजन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीले विगतदेखि नै समुदाय-प्रहरी साझेदारीमा रही सहकार्य गरिरहेको बताए । कार्ययोजनामा तय गरिएका कार्यक्रमहरुको पहिलो चरणमा ३ महिना भएपनि यसलाई विस्तार गर्दै निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा निजी निर्माण व्यवसायी संघका प्रतिनिधि तारा कणेल, स्थानीय निकायका प्रतिनिधि काठमाडौं महानगरपालिका-१४ की अध्यक्ष शोभा सापकोटा, नागरिक समाजका प्रतिनिधि कमलमणी दिक्षित लगायतले कार्ययोजना कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधिहरु, यातायात व्यवसायसँग आबद्ध संघसंस्थाका प्रतिनिधिहरु, गैह्रसरकारी संघसंस्थाका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु लगायत समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।