९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ औं वर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं पञ्चवर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन् ।

राष्ट्रिय विकास परिषदको बैठकलाई आज समापन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो पञ्चबर्षीय योजना भएकोले यसले परिवर्तित सन्दर्भहरुलाई विशेष प्राथमिकता दिएर उठाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसै योजनाकालमा नेपालले अविकसित मुलुकको सुचीबाट विकासोन्मुख देशको सुचीमा पुगने बताएका छन् ।

‘१५ औं पञ्चवर्षीय योेजनामा नेपालले धेरै उपलब्धी हासिल गर्दछ । सबभन्दा ठुलो कुरा अविकसित देशको सुचीबाट हामी विकासोन्मुख देशमा परिणत हुनेछौं’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रो देशमा भएका शिक्षा,स्वास्थ्य,गरिबी,शुसाशन आदिका क्षेत्रबाट अविकसित देशको अ हटाउनेछौं ।

त्यस कारण यस योजनाले नेपालको परिचय बदल्दछ ।’ प्रधानमन्त्री ओलीले यही योजनाकालमा राष्ट्रिय उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने बताएका छन् ।

नेपालमा भएको शासन प्रणाली विश्वका उत्कृष्ट व्यवस्थामा पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कतिपयले सरकारले अधिनायकवाद ल्याउछ कि भन्छन् तर होइन यो सरकारले समाजवाद ल्याउछ ।

समृद्धिसँगै सामाजिक न्याय र समानता उपलब्धी हुनसक्यो भने समाजवाद आउछ प्रधानमन्त्री ओलीले भने ‘हामी राजनीतिक, आर्थिक,सामाजिक न्याय,समानता,उत्थान,विकास,मानव सुचकांक,वातवरणीय सजगता,साँस्कृतिक चेतना हरेक दृष्टिकोणले देशलाई समृद्ध बनाउदैछौं ।’
प्रधानमन्त्री ओलीले प्रष्तुत गरेको १५ औं पञ्चबर्षीय योजनाको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पास गरेको छ ।