९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धिमान र हरिकाजीलाई जर्मनीबाट आर्थिक सहयोग

अ+ अ-

काठमाडौं । मजदुरीका क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानालाई जर्मनीबाट आर्थिक सहयोग भएको छ । जर्मनी बस्दै आएका नेपालीहरुले घाइते कुवँर र ढुंगानालाई उपचारार्थ आर्थिक सहयोग गरेका हुन् ।

विशेषगरी बन्दना पुन बुढा मगरको पहलमा आर्थिक जुटाई कुवँर र ढुंगानालाई रकम हस्तान्तरण गरिएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमकाबीच बन्दनाको पहलमा संकलन गरिएको एक लाख चार हजार रुपैयाँ कुवँर र ढुंगानालार्ई हस्तान्तरण गरिएको हो । बन्दनाको तर्फबाट उनकी बहिनी पत्रकार देविका घर्ती मगरलगायतका पत्रकारहरूको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको थियो।

घाइते बुद्धिमान कुँवर र हरिकाजी ढुंगानाले विशेषगरी देश विदेशमा रहेका नेपालीहरूको सहयोग आफ्नो नियमित उपचार गर्न सहयोग पुगेको भन्दै धन्यवाद ज्ञापन गरे। उनीहरूले राज्यले उपचारमा केही सहयोग नगरेपनि नेपाली मन भएका नेपालीहरूको सहयोगले अहिले उपचार गर्नसँगै बाँच्‍न सहज भएको प्रतिक्रिया दिएका थिए।

बन्दनाको पहलमा जर्मनी, युके, पोर्चुगलमा बस्दै आएका ३७ जना नेपालीहरूले उक्त रकम संकलन गरेर पठाएका थिए।

शुसिल पुन, इनुशा बुढामगर, हेमा तामाङ, अम्बिका लिम्बू, मनिता राई, सरिता सुनुवार, राधा गुरूङ, दिपिका शाक्य, निशा राई, विना गुरूङ, विष्णु राई, हेमा गुरूङ, इन्दिरा राई, रिता पुर्जा, गौसरी पुन छन्त्याल, रिष्मा राई, अर्जना देवान, सिर्जना राई, सरिता गुरूङ, अना राई, पावी सुनुवार, बन्दना पुन बुढामगर, सुरेश बिकेआइ, संगीता पुन, समिता थापा, आशा लिम्बू, रोशनी राई, शिलु पुन, एलिशा राई, हेलेन याक्खा, देओ राई, शितल गुरूङ, राधा लिम्बू, सम्सीला गुरूङ, लक्ष्मी आले, मनिला कन्दङ्वाले सहयोग गरेका हुन् ।

को हुन वुद्धिमान र हरिकाजी ?

बैजनाथ गाउँपालिका–८ बाँकेका २३ वर्षीय बुद्धिमान कुँवर भारतमा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका एक श्रीमती र एक छोरा छन्।

यस्तै, रूपाकोट मझुवागढी–६ दिक्तेल खोटाङ निवासी ३६ वर्षिय हरिकाजी ढुंगाना विद्युत प्राधिकरणमा काम गर्ने क्रममा विजुलीको झट्का लागेर दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका श्रीमती र दुई छोरी छन्।

केही समयदेखी कुँवर र ढुंगानाको उपचारका निम्ती सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलिरहेको छ। उनीहरू अहिले काठमाडौंमा डेरा गरेर उपचार गराइरहेका छन्।