२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौरखी हातलाई सरकारको सहयोग : मुख्यमन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिमा योगदान गर्ने गरी सीप र जागर भएका पौरखी हातलाई सरकारले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजसँगको सहकार्यमा घरवास समितिका सदस्यहरुको लागि आजबाट शुरु गरिएको पाँचदिने आवासीय होमस्टे तालीमको उद्घाटन गर्दै उनले व्यवस्थापकीय सीप प्रयोग गरेर पाहुनाले खोजेको नयाँ र अर्गानिक परिकार उपलब्ध गराउन आग्रह गरे।

उनले भने, ‘सरकारले दिएको रु १० लाखबाट धेरै फाइदा र आर्जन लिन सक्छन्, तपाई जागर चलाउनुहोस्, सरकारले सामथ्र्य र क्षमताले भ्याएसम्म आर्थिक, भौतिक, नैतिक, प्राविधिक जस्तोसुकै सहयोग प्रदान गर्दछ ।’ घरवास आतिथ्यता मैत्री हुनुपर्ने र एकपटक पुगेका पाहुनालाई पटकपटक जाउँ जाउँ लाग्ने गरी स्वागत र आतिथ्यता प्रदान गरिनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए ।

वातावरणमन्त्री विकास लम्सालले सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन यातायात, होटल तथा साहसिक मनोरञ्जनका क्षेत्रमा कम्तीमा पनि २० प्रतिशत छुटको व्यवस्था गर्ने गरी छलफल चलिरहेको जानकारी दिए । गाउँघरका परम्परागत खानेकुरालाई आधुनिक शैलीमा पस्किएर पाहुनाको सेवा गर्नुे गरी आफूलाई परिर्माजित गर्नुपर्ने भनाइ उनको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारी, कलेजका अध्यक्ष अशोक पालिखे लगायतले १५ लाख पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन घरवासको भूमिका रहने भनाइ राखेका थिए ।

यही चैत ३० गतेसम्म सञ्चालन हुने तालीममा घरवास समितिका ५० जना सहभागी छन् । सहभागीलाई पर्यटकको स्वागत सत्कार, सरसफाइ, खानपान लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ ।

मन्त्रालयले घरवासमा पर्यटकीय पूर्वाधार निर्माणका लागि अनुदान उपलब्ध गराउन सम्झौता गरेका २३२ समितिलाई नै क्रमशः तालीम प्रदान गर्दै जाने जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षमा ३०० घरवासलाई अनुदान उपलब्ध गराउन रु ३० करोड बजेट विनियोजन गरेको थियो ।

प्रत्येक घरवासलाई रु १० लाख बजेट उपलब्ध गराउने नीति अनुरुप प्रश्ताव आह्वान गरिएकामा आवेदन गरेका २३२ मध्ये १९० समितिसँग सम्झौता गरिएको मन्त्रालयका सचिव भण्डारीले जानकारी दिए ।