२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत खेलहरू आजदेखि शुरु

अ+ अ-

काठमाडौं । प्रदेश नं. ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन वैशाख ५ मा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद्रा (खेप)ले जनाएको छ ।

आजदेखि दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हकी, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस शुरु हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्नेछ । उद्घाटन अघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए (गैरआवासीय नेपालीको सङ्गठन) टोली पनि पहिलोपटक सहभागी हुँदैछ । आठौँ राष्ट्रिय खेलकूदमा समग्रमा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला गरी जम्मा पाँच हजार २११ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।

आजदेखि शुरु हुने स्क्वासमा प्रदेश १, २, ३, गण्डकी र ५ तथा नेपाल प्रहरी र एपिएफ क्लबबाट २४ पुरुष र पाँच महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष÷महिला सिङ्गल्स तथा पुरुष टोली इभेन्ट गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ ।

त्यसैगरी आजदेखि शुरु हुने हकी खेलमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । फाइनल खेल वैशाख ४ गते हुनेछ ।

महिला हकी भने चैत ३० गतेदेखि नेपालगञ्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी छ टोलीले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीहरूमा प्रदेश १, २, ३, ४ र सुदूरपश्चिम तथा नेपाल आर्मी छन् । सातौँ राष्ट्रिय खेलकूदमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल खेल वैशाख ५ गते हुनेछ ।

त्यसैगरी आजदेखि शुरु हुने लनटेनिस बुटवलमा शुरु हुँदैछ । लनटेनिसमा प्रदेश ३, गण्डकी, ५, आर्मी, एपिएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष–महिला सिङ्गल्स, डबल्स र टोली तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ ।

चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट तीन पुरुष खेलाडी संरक्षकभूषण बज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्ने छन् ।

आजैदेखि हुने कुस्ती खेलमा पुरुष÷महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आर्मी र प्रहरी) गरी नौ टोलीले भाग लिने छन् । त्यसैगरी टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी, प्रहरी रएपिएफ) बाट १२० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिङ्गल्स, डबल्स र टोली तथा मिक्स डबल्स गरी सात स्पर्धा समावेश छन् ।