२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धि सिङ्गो देशको बहसको विषय बनाउनुपर्नेमा जोड

अ+ अ-

बुटवल । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देशले निर्माणको बाटो पक्रिसकेकाले यसलाई सफल बनाउनु सबैको दायित्व भएको बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देही र प्रेस सोसाइटी, रुपन्देहीको आयोजनामा आज रुपन्देहीको तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा उनले अब धेरै विवाद नगरेर समृद्धि सिङ्गो देशको बहसको विषय बनाउनुपर्नेमा जोड दिए ।

उनले मुलुकको समृद्धि र जनताको सुखका विषयमा नेपाली जनता, नेपाली जनमत, बुद्धिजीवी वर्ग र अन्तरराष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गर्न सफल भएको बताउँदै यसै उद्देश्यभित्र लगानी सम्मेलन गरी ७७ आयोजना अगाडि सारिएकामा लगानीकर्ताले करीब रु २४ अर्बसम्मको लगानीमा चासो प्रकट गरेको जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले हिजो केरुङ–लुम्बिनी, पोखरा–काठमाडौँ रेल चलाउने कुरा गर्दा आलोचना र बहस हुने गरेको तर अब भने रेल चलाउन आवश्यक छ र भन्ने बहस शुरु भएको बताउँदै भने,’सरकारले आलोचनाका बीचबाट एउटा लडाइँ जितेको छ, हिजो ल्याउनुहुन्न भन्नेबाट ल्याउनुपर्छ र भन्ने अवस्थाको लडाइँ जितिसकिएको छ, त्यसमा आम जनमानसले यथार्थ धरातलमा पुगेर सोच्न र विश्लेषण गर्न थालेको छ ।’

मन्त्री बाँस्कोटाले वर्तमान सरकार बनेको एक वर्षका अवधिमा कानून निर्माणको जग मात्र नभएर देशको नवनिर्माणको आधारशिला र प्रगतिपथको मार्गदिशा समाउने अवस्था सिर्जना भएको बताउँदै भने, ‘अब प्रतिपक्षले पनि कागजको खोस्टो बनाएर बालुवाटारमा प्रदर्शन गर्ने काम छाडेको छ, किनकि काङ्ग्रेस प्रवक्ताले पनि रेल ल्याउने कुरा सपना नभएर आवश्यकता हो भनेका छन् ।’

उनले वर्तमान सरकार योजनाबद्ध विकासलाई आधार मानेर कृषि, सिँचाइ, पर्यटन, पूर्वाधार विकासलगायतमा विकासमा केन्द्रित भएकाले दिगो विकाससहित देशलाई मध्यम आय भएको राष्ट्र कहिलेसम्म पुर्‍याउने, गरीबीबाट कहिलेसम्म बाहिर निस्कने जस्ता विषयमा बहस शुरु भएर अन्तरराष्ट्रिय समुदायलाई समेत आकर्षित गर्ने विषयमा सरकार सफल भएकाले आउँदा वर्ष सुखद छ भन्ने निश्चित भएको बताए ।

मन्त्री बाँस्कोटाले भने, ‘विकास भन्ने विषय कहिले पनि एकै दिनमा पूरा हुने विषय होइन, विकासका लागि सोच, योजना, धैर्य, सक्रियता र सहभागिताजस्ता विषय आवश्यक हुन्छ, सरकार त्यो विन्दुमा प्रवेश गरिसकेको छ, सरकारले अहिले पनि धेरै राम्रा काम गरेको छ तर बाहिर आउन सकेको छैन’, उनले भने ।

सञ्चारमन्त्री बाँस्कोटाले सञ्चार जगत्लाई सुरक्षित, व्यावसायिक, मर्यादित र देशभक्त बनाउन खोजिएको बताउँदै राज्यको चौथो अङ्ग अन्तरराष्ट्रिय विषयमा समेत विभाजित हुने गरेकामा चिन्ता व्यक्त गरे । उनले भने,’लगानी सम्मेलनका मुद्दामा सत्ता र प्रतिपक्ष एक हुँदा प्रेस विभाजित अवस्थामा देखियो पत्रकारिता क्षेत्र पनि राष्ट्र र जनताप्रति जवाफदेही हुनुपर्छ ।’ मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रलाई नीतिनिर्माण र कार्यान्वयनको दायित्वसँग जोडिएर विकासको बहसमा जोड दिन आग्रह गर्दैै सरकार तथ्यगत रुपमा आएका जस्तोसुकै आलोचनालाई आत्मसात् गर्न तयार रहेको स्पष्ट गरे।

बालुवाटारको ललित निवास जग्गा प्रकरणका विषयमा पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता बाँस्कोटाले नेकपा महासचिव विष्णुप्रसाद पौडेल ललिता निवासको सरकारी जग्गा किनेर ठगिएको कुरा दोहोर्‍याए ।

उनले आफूले राज्यले उक्त जग्गाको क्षतिपूर्ति दिनुपर्छ भनी कहिल्यै नभनेको बताउँदै महासचिव पौडेल ठगिएकाले सरकारले क्षतिपूर्ति दिने नभई उनले जोसँग जग्गा किनेका उसैले क्षतिपूर्ति दिनुपर्ने विचार राखे । मन्त्री बाँस्कोटाले उक्त जग्गा प्रकरणमा अरु पनि धेरै ठगिएको हुन सक्ने बताउँदै ठग्नेलाई पानीमुनि गए पनि नछाड्ने दृढता व्यक्त गरे । ‘पद, ओहोदा र विचारले छानबीन र कारवाहीलाई प्रभावित गर्दैन’, उनले भने । रासस