२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते

अ+ अ-

मुग्लिन । चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने ३७ वर्षीय रेशमबहादुर गुरुङको उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा साइकलयात्री भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन् । ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किन पुगेको थियो । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनकै इच्छाकामना–४ लेवाटारमा हाइसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइस र विपरीत दिशाबाट आइरहेको ग७प ९३९८ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख १९१२ नंको अर्को हाइसमा ठोक्किन पुगेका थिए । दुईवटै हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।