८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘केपिएल–टू’को पुरस्कार राशि, प्रायोजक र कप्तानको नाम सार्वजनिक

अ+ अ-

सुर्खेत । यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टू) को विजेता टोलीले रु पाँच लाख राशिको पुरस्कार पाउने भएको छ ।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले रु दुई लाख र सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछ । उत्कृष्ट बलर र ब्याट्सम्यानले समान रु २०/२० हजार पाउँदा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले रु तीन हजार ५०० हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगी आठ टोलीका कप्तानको नाम सार्वजनिक गरिएको छ । विनोद भण्डारीको कप्तानीमा नेपाल आर्मी रहनेछ भने मञ्जित श्रेष्ठको कप्तानीमा नेपाल पुलिस क्लब रहँदा सशस्त्र प्रहरीको एपिएफको कप्तानी वसन्त रेग्मीले सम्हाल्नेछन् । त्यस्तै, रवीन्द्रजङ्ग शाहीको कप्तानीमा कर्णाली–११ रहनेछ भने मेहबुब आलमको कप्तानीमा लालीगुराँस क्रिकेट क्लब झापा रहेको छ । हिमालयन क्रिकेट एकेडेमी काठमाडौँको कप्तानमा सुरेन्द्र चन्द, महेन्द्रनगर क्रिकेट क्लबको कप्तान सुशील खड्का रहँदा मध्यपश्चिम क्रिकेट एकेडेमीको कप्तानी अजय साहनीले गरेका छन् ।

एकेडेमीका संयोजक रेशम शाहीले प्रतियोगिता हेर्न आउने दर्शकका लागि मोटरसाइकल, एलइडी टेलिभिजनलगायत विभिन्न पुरस्कारको व्यवस्था गरिएको बताए । उनका अनुसार ‘केपिएल–टू’ को मुख्य प्रायोजकका रुपमा वाइवाई चाउचाउ रहेको छ । कर्णाली प्रिमियर लिग दोस्रो संस्करण वीरेन्द्रनगरस्थित कालुञ्चौक क्रिकेट मैदानमा वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ । रासस