वीरगन्ज । वीरगन्ज महानगरपालिकाको उथ्थान तथा विकास निर्माणमा सबै एकढिक्का साथ अगाडि बढने प्रतिवद्धताका साथ चौथो नगरिपरिषद आज सम्मपन्न भएको छ ।
नगरप्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा सम्मपन्न भएको नगरपरिषदको बैठकद्धारा विभिन्न ऐजन्डाहरु सर्वसहमती पारित भएको छ ।विगतमा वडा अध्यक्ष तथा वडा सदस्यहरु विच देखिएका राजनैतिक असहमतीहरुलाई हटाउदै आगामि दिनमा महानगरका विकासमा सबै जनप्रतिनिधिहरु एक भएर अगाडि बढने प्रतिबद्धताका साथ महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले प्रस्तुत गरेका विभिन्न एजेन्डाहरु सर्वसहमतबाट पारित भएको छ ।
नगरसभाको बन्दसत्रको सुरुमै नगर प्रमुख विजय कुमार सरावगीले संघीय ,प्रान्तीय वा स्थानीय कुनैपनि संसद लोकतान्त्रिक पद्धतिबाट चलने भएकोले सभामा सहभागी सबै जनप्रतिनिधिहरुलाई लोकतान्त्रि प्रक्रिया अनुसार आफनो विचारहरु राख्न अनुरोध गर्दै महानगरको विकास प्रति समबेदनशिल हुन आग्रह गरेका थिए ।
उनले महानगरका जनताले सबै जनप्रतिनिहरुलाई महानगरका विकासको लागी चुनेको हुनाले पहिलो विकास निर्माण तथा जनताको सरोकारका विषयलाई मुख्य प्राथमिकतामा राख्न अनुरोध गरेका थिए ।
वडा सदस्यहरुले राख्दै आएका विभिन्न मागंहरुको बारेमा बोल्दै नगर प्रमुख सरावगीले संघीय र प्रान्तीय सरकारले बनाएको नियमालीले मिलन सक्ने सबै मागंहरु पुरागरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
सोमबार वीरगन्ज उधोगवाणिज्य सघंको सभाहलमा सम्मपन्न भएको चौथो नगरपरिषदको बन्दससभामा बोल्दै मनोज गुप्ता,प्रदिप चौरसिया,अरविन्द गुप्ता,हबिब मिया,ध्रुव नेपाल र अवधकिशोर कुशवाहा लगायतका वडाअध्यक्षले महानगरको सरसफाइ,विजुलीवत्तीको व्यवस्थापन लगायत विभिन्न समस्याहरुको बारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।
यसै गरी वडासदस्य सुरज कुर्मि,जतन राउत कुर्मि ,लालबाबु यादव लगायतका वडा सदस्यहरुले विकास निर्माण लगायत वडाहरुबाट सम्पादन हुने सबै कार्यहरुमा वडा सदस्यहरुको भूमिकाका आवश्यकताबारे विभिन्न धारणाहरु राखेका थिए ।









