२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्याल्जेन पिकका आरोहीलाई सम्मान

अ+ अ-

काठमाडौं । जुगल हिमशृङ्खलाको ग्याल्जेन पिक प्रथम आरोहीलाई प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज यहाँ सम्मान गरेको छ ।

विसं २०७५ चैत १५ गते काठमाडौँबाट आरोही माया गुरुङको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको सो टोलीले २०७५ चैत २६ गते बिहान ११ बजे सो पिकको चुचुरोमा पाइला राख्न सफल भएको थियो । सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ मा अवस्थित ६ हजार ५३५ मिटर अग्लो सो पिकमा सन् १९३० मा अमेरिकी आरोही टोलीले गरेको आरोहणको प्रयास असफल भएको थियो ।

सगरमाथाको सफल आरोहण गरिसकेका आरोही गुरुङसहित उक्त आरोहण टोलीमा टुलसिंह गुरुङ, शर्मिला थापा, मीनबहादुर लामा, समीर गुरुङलगायत रहेका थिए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो टोलीलाई सम्मान गरेका हुन् । उनले प्रदेश ३ लाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले जोड दिएको बताए । ‘सगरमाथाको चुचुरो आरोहण गर्नभन्दा कठिन जुगल हिमशृङ्खलाको ग्याल्जेन पिक सफलतापूर्वक आरोहण गरेकामा आरोही गुरुङसहितको टोलीलाई बधाई दिन्छु’, उनले भने । प्रदेश ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालका अति रमणीय हिमशृङ्खलालाई थप पर्वतीय पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले जुगल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न लागिएको बताए । सो अवसरमा मुख्यमन्त्री पौडैलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा तयार पारिएको प्रतीक चिह्न सार्वजनिक गरेका थिए ।