२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस दिन खोज्ने तीन जनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको राजधानी नयाँ दिल्लीबाट आएको बसमा तस्करी गरेर ल्याएको सामान छुटाउन घुस दिन खोज्ने तीन जनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।

नयाँ दिल्लीबाट नेपालगञ्ज हुँदै गत चैत ३० गते काठमाडौँ आएको ना५ख ४८४२ नम्बरको यात्रुवाहक बसले भन्सार छली गरेको सामान ल्याएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको थियो ।

प्रहरीले काठमाडौँ महानगरपालिका–१५ चमतीबाट उक्त बसलाई जाँच गर्दा राजश्व छलीका सामानसमेत फेला परेका थिए । राजश्व छली गरेर ल्याएको सामान छुटाउनका लागि बसका चालक श्याम विश्वकर्माले रु तीन लाख, दिपा राना र भरत तामाङले र ५० हजार गरी रु ३ लाख ५० हजार घुस दिन खोजेका थिए ।

प्रहरीलाई घुस दिएर राजश्व छली गरेको सामान छुटाउन खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । बसको छतमा फल्स बटम बनाइ भन्सार छली गरी सामान ल्याउने गरेकोसमेत सो प्रकरणपछि खुलासा भएको थियो ।

आयोगका अनुसार सो बस र सामान छुटाउनका लागि बस चालक विश्वकर्मा, सामान धनीहरु हिटलर शाक्य, दोर्जी डोल्मा लामाले घुस दिएको अनुसन्त्रानबाट खुलेको छ ।

सामान छुटाउन उनीहरुले प्रहरीलाई घुस दिएको तथ्य स्थापित भएकाले आयोगले रु तीन लाखको विगोसहित गत बिहीबार नै विशेष अदातमा मुद्दा दायर गरेको आयोगले आज जानकारी दिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस दिने प्रवृत्तिलाई निरुत्साहन गर्न आरोपीविरुद्ध नै मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले आजै यातायात व्यवस्था कार्यालय विर्तामोडका सवारी चालक अनुमतिपत्र शाखामा घुस दिनुपर्छ भन्दै विचौलियाको काम गर्ने सराफ शेख, जिल्ला ट्राफिक कार्यालय विर्तामोडका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमतिपत्र बनाउँदा यातायातका कर्मचारीलाई घुस दिनुपर्छ भन्दै शेखले सेवाग्राहीसँग रु १७ हजार घुस लिएका थिए । सो कार्यमा जिल्ला ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक खड्काको समेत मिलेमतो रहेको पाइएको छ । उनीहरुलाई बिगो अनुसारको कारवाही र कैद सजायको माग गरिएको छ ।