२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संक्रमण हटाउन कर्मचारी आवश्यक’

अ+ अ-

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर कर्मचारीले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, शिक्षा विभागीय कार्य समितिले सङ्गठनको स्थापना दिवसको अवसरमा आज सानोठिमीमा आयोजना गरेको कार्यक्रममा उनले देशमा प्रशासनिक र कानूनी संक्रमण रहेको बेलामा कर्मचारीले सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

बदलिदो अवस्थाअनुसार कर्मचारी ट्रेड युनियनले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले गुणात्मक शिक्षालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने औँल्याए । उनले सरकारले विसं २०७६ देखि २०८५ सम्म सार्वजनिक विद्यालय रुपान्तरण अभियान भनेर घोषणा गरेको उल्लेख गर्दै यसलाई सफल पार्न पनि कर्मचारी, जनप्रतिनिधि, अभिभावक र सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा शिक्षा सचिव खगराज बरालले सरकारले कर्मचारीलाई उत्साहपूर्वक तथा ऊपयुक्त ढङ्गले नतिजा दिने किसिमले प्रयोग गर्नुपर्ने बताए । उनले कर्मचारी समायोजन गर्दा सकेसम्म कर्मचारीको पिरमर्का बुझेर समस्या सुल्झाउने कोशिस सरकारले गरेको उल्लेख गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शिक्षा क्षेत्रबाट नेपाल सरकारको सचिव पदमा पुग्नु यस क्षेत्रमा काम गर्नेका लागि गौरवको विषय भएको बताए ।

नेपाल निजामती सङ्गठन केन्द्रीय कार्य समितिका अध्यक्ष केदारप्रसाद देवकोटा, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, केन्द्रीय कार्य समितिका अध्यक्ष पुण्यप्रसाद ढकाल, शिक्षा विभागीय कार्यसमिति नेपाल निजामती कर्मचारी सङ्गठनका उपाध्यक्ष भिमा कोइराला लगायतले कर्मचारी समायोजनमा सङ्गठनले सहयोग गर्ने तर कर्मचारीका अप्ठ्यारालाई सरकारले बुझिदिनुपर्ने बताए ।

हाम्रो सम्पर्क डायरी २०७६ विमोचन गर्नुका साथै गत वर्षको अभियानमा भर्ना भएका विद्यार्थीलाई निरन्तरता दिन अक्षय कोष स्थापनाको घोषणा गरिएको थियो । साथै शिक्षा सेवाबाट नेपाल सरकारको विशिष्ठ श्रेणी (सचिव)को पदमा बढुवा भएकालाई सम्मान गरिएको थियो ।

सचिव बराल, महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम, निर्वाचन आयोगका सचिव देवकुमारी गुरार्गाइं, गण्डकी प्रदेशका पूर्वप्रमुख सचिव लक्ष्मीराम पौडेललाई सम्मान गरिएको थियो ।