२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेशिया निर्वाचनमा खटिएका २७० भन्दा बढी कर्मचारीको मृत्यु

अ+ अ-

एजेन्सी । इन्डोनेशियामा हालै सम्पन्न निर्वाचनको मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ । मतगणनाका क्रममा २७० कर्मचारीको मृत्यु भएको र एक हजार आठसय ७८ जना कर्मचारी बिरामी परेको एक अधिकारीले बताएका छन् ।

मतगणनामा खटिएका अधिकांश कर्मचारी थकाइसमबन्धी समस्याबाट पीडित भएका थिए ।

अप्रिल १७ मा भएको निर्वाचनको पर्यवेक्षण र मतगणनामा झन्डै ७० लाख व्यक्ति खटिएको निर्वाचन आयोगका प्रवक्ता अरिफ प्रियो सुसान्तोले जनाएको छ ।

अत्यधिक गर्मी भएको र कर्मचारीहरुले राति पनि काम गर्नु परेकोले यस्तो समस्या देखा परेको बाताइएको छ ।

झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो।

त्यहाँ १९ करोड ३० लाख मतदाता थिए। योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए। आठ लाख मतदान केन्द्र थिए।

पीडित हुनेमा अधिकां अस्थायी कर्मचारीहरु भएको बताइएको छ । काममा खटिनु अघि स्थायी कर्मचारीलाई जस्तो अस्थायी कर्मचारीहरुको स्वास्थ्य परीक्षण समेत नगरेको उल्लेख छ ।

२७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भइ मृत्यु भएको निर्वाचन आयोगका प्रवक्ताले बताएका छन् ।

आयोगले प्रत्येक मृतकका परिवारलाई तीन करोड ६० लाख अर्थात २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ ।

एकैचोटी निर्वाचन गर्ने निर्णाय अव्यववहारीक भएको र अस्थायी कर्मचारीबाट भेरै अपेक्षा गरिएकोमा सरकारको आलोचना गरिएको छ ।

निर्वाचन आयोगले मतगणना सकिएपछि परिणाम मे २२ मा घोषणा गर्नेछ।