२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती : महासंघ

अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको छ ।

विश्व प्रेस स्वतन्त्रताको अवसरमा आज महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना सन्देश दिँदै संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरिए पनि गत २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी (संहिता), फौजदारी (संहिता) सम्बन्धी ऐनका विभिन्न दफाले प्रेस स्वतन्त्रतालाई सङ्कुचन पारेको बताएका छन् ।

उनका अनुसार विसं २०७४ मा संघ, प्रदेश र स्थानीय तहका तीन वटै तहमा स्थायी सरकार निर्माण भएको यस अवस्थामा प्रेस स्वतन्त्रता हननका घटनामा कमी आउनेछन् भने पनि त्यसविपरीत यस वर्ष पनि करीब करीब अघिल्लो वर्ष जति नै प्रेस स्वतन्त्रता हननका घटना हुन पुगेका छन् ।

महासंघले गत वर्षजस्तै यस वर्ष पनि राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकारलाई गिरफ्तार गर्ने घटना बढी भएको जनाएको छ । अध्यक्ष आचार्यका अनुसार महासंघको विसं २०७५ मा सञ्चार अनुगमन एकाइमा ६० प्रेस स्वतन्त्रता हनन घटनामा भएका छन् ।

जसमध्ये ७७ पत्रकार र पाँच सञ्चार संस्था पीडित भएका छन् । महासंघले नेपालमा प्रेस स्वतन्त्रता हननका घटनामा मुख्यरूपमा राजनीतिक गतिरोध, आन्दोलन वा द्वन्द्व जारी रहेको अवस्थामा प्रेस र पत्रकारलाई बढी आक्रमण हुने गरेको पाइएको उल्लेख गरिएको छ ।

प्रेस स्वतन्त्रताका उल्लङ्घनका घटनामध्ये एक पत्रकारको हत्या र एक वेपत्ता भएको महासंघका अध्यक्ष आचार्यले जानकारी गराएका छन् । महासंघका अनुसार मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको कार्यालयबाट घर फर्कदै गर्दा लागुऔषध दुव्र्यसनीबाट हत्या भएको छ ।

त्यस्तै बाजुराका पत्रकार तेजन खड्का बाजुरास्थित बुढीनन्दा तीर्थस्थलबाट फर्कर्ने क्रममा वेपत्ता भएका छन् । महासंघका अनुसार पत्रकार पक्राउका १२ घटना र पत्रकारमाथि दुव्र्यवहारका १२ घटना भएका छन् ।

त्यसैगरी पत्रकारमाथि धम्की १३, आक्रमण १५ समाचार सङ्कलनमा अवरोधका दुई, समाचार प्रसारण अवरोधका तीन घटना भएका छन् । सञ्चारगृहमा लुटपाटको एउटा घटना महासंघको अभिलेखमा छ ।

‘विद्युतीय कारोवार ऐन–२०६३ अन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएका छन्’, उनले भने, ‘पत्रकारलाई गिरफ्तार गर्ने मात्र होइन, अदालतको आदेशमा रिहा भएका पत्रकारलाई अदालत परिसरबाट बाहिर निस्कँदै गर्दा पुनःगिरफ्तार गर्नेजस्ता प्रेस स्वतन्त्रताविरोधी शैली अभ्यास गरियो ।’

यसैगरी आफ्नै कार्यकक्षमा काम गरिरहेका पत्रकारलाई कार्यकक्षबाटै गिरफ्तार गर्ने क्रमले पनि थप चिन्ता जन्माएको उनले बताए । यस वर्ष पत्रकारलाई सरकारी वा सार्वजनिक कार्यक्रमको समाचार सङ्कलन गर्नबाट बञ्चित गर्ने घटना पनि भए, जसले स्वतन्त्र प्रेसको आधारभूत अवधारणामाथि नै आक्रमण भएको महासंघको निष्कर्ष निकालेको छ ।

भोलि नेपाललगायत विश्वभर नै विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रम तय गरिएको छ ।