१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रसर उद्योगलाई कडाइ

अ+ अ-

काठमाडौ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्लाभित्र अव्यवस्थित र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन गर्ने भएको छ ।

जिल्ला अनुगमन समितिको हालै बसेको बैठकले नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) कार्यविधि २०७५ विपरीत क्रसर उद्योग सञ्चालनमा रहेको पाइएपछि सङ्कलन तथा निकासीकर्तालाई एक महीनाभित्र कार्यविधिबमोजिम सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । कार्यविधिअनुसार क्रसर उद्योग सञ्चालन नभएमा कारवाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ । साथै जिल्लाभित्रका नदीजन्य पदार्थको सङ्कलन र उपयोगमा संलग्न पालिकाको स्थानीय अनुगमन समितिलाई यथाशीघ्र प्रतिवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रारम्भिक वातावरणीय प्रतिवेदन नगरेका जिल्लाका गाउँ तथा नगरपालिकाले आफ्नो मातहत इलाकामा प्राकृतिक स्रोत साधनको उपयोग, उत्खनन, बिक्री वितरण गरी राजश्व सङ्कलन गर्ने गरेको र अनुमतिबिनानै खानी सञ्चालन गरेको पाइएकाले उक्त कार्य प्रचलित कानूनबमोजिम गर्न आग्रह गरेको छ । साथै प्रारम्भिक वातावरणीय प्रतिवेदन तत्काल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पेश गर्न अनुरोध गरेको छ ।

बैठकले जिल्लाका इन्द्रावती, सुनकोशी, भोटेकोशीजस्ता नदीमा सवारी साधनमा मापदण्ड विपरीत जाली राखेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको पाइएकाले त्यस्ता कार्यले वातावरणमा प्रत्यक्ष असर पुगेको भन्दै तत्काल सो कार्य बन्द गराउने निर्णय गरेको छ ।

सार्वजनिक सडक, पुल तथा महत्वपूर्ण स्थानमा नदीजन्य पदार्थ राखेको पाइएको भन्दै वैशाख २३ गतेभित्र हटाउन निर्देशन दिइएको छ । निर्देशन विपरीत त्यस्ता सामग्री राखिएको पाइएमा जफत गरी कानूनबमोजिम आवश्यक कारवाही गर्ने निर्णय भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।