जाजरकोट । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो काम पूरा नगर्ने तर अर्काको मात्र चर्को आलोचना गर्ने प्रवृत्ति बढेको बताएका छन् ।
जिल्ला समन्वय समितिको पाँचौसभालाई सम्बोधन गर्दे उनले राष्ट्र सेवक कर्मचारीले आफ्नो कार्यालयको कामभन्दा पनि दुनियाँ भरका कुरामा टिप्पणी गर्न मै समय बिताउने गरेको बताए ।
उनले भने, ‘यसै वर्षभित्र जाजरकोट अस्पतालमा नयाँ सुविधायुक्त भवनका लागि बोलपत्र आह्वान गरी काम शुरु गरिने छ, जिल्लाका सबै सडकमा डिपिआरको काम करीव पूरा भएकाले आउँदो वर्षबाट कालोपत्रेको काम शुरु हुन्छ ।’
उनले जिल्लाभित्र रहेको मध्यपहाडी लोकमार्गका पुल, छिन्चु–जाजरकोट सडकखण्डको विभिन्न ठाउँमा रहेका पुलको निरीक्षणसमेत गरेका छन् ।







