२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

अ+ अ-

काठमाडौ । काठमाडौंको वातावरण प्रदूषण सुधार गर्न काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ ।

कामपाले बुधबार यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम हुनासाथ वातावरण प्रदूषणमा सुधार आउने हुँदा त्यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी गराए।

काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहरलाई दिगोरूपमा व्यवस्थापन गरेर जलवायु परिवर्तनमा पर्ने असर रोक्न सामूहिक सहकार्य आवश्यक हुने पनि प्रमुख शाक्यले बताए ।

प्रमुख शाक्यले भने, “शहरमा रहेका समस्या पहिचान गर्नेभन्दा पनि समाधानको उपाय खोज्ने व्यक्तिको आवश्यक रहेको हुँदा आम नागरिकसँग जोडिएका समस्या समाधानमा विकल्प दिने जोकोहीलाई पनि स्वागत छ ।”

गोष्ठीमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले फोहरमैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर नहुने भन्दै यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्ने बताए ।

गोष्ठीमा वातावरणविद् भूषण तुलाधरले कामपामा उत्पादन हुने फोहरले जलवायु परिवर्तनमा पारेको प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राखे ।