२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारको न्यूनतम पारिश्रमिकको माग

अ+ अ-

रसुवा । प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीले रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा छलफल गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीको उपस्थितिमा भएको सञ्चार क्षेत्रको समस्या र समाधान विषयक छलफल कार्यक्रममा यहाँ कार्यरत पत्रकारले भौगोलिक विकटताका कारण समाचार सङ्कलनमा अझै चुनौती रहेको भन्दै निर्धारित पारिश्रमिक उपलब्ध गराई दिन माग राखेका थिए ।

छलफल कार्यक्रममा सहभागी गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावासिदार वाइबालगायत राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षकले रसुवामा क्रियाशील सबै पत्रकार लगनशील भई काम गरिरहेको प्रतिक्रिया दिएका थिए ।

गत भदौ ३० गते नेपाल राजपत्रमा निर्धारित पारिश्रमिक उपलब्ध गराउने व्यवस्थाका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीसमक्ष रसुवाका पत्रकारले माग राखेका थिए ।

विकास र समृद्ध नेपाल बनाउने कार्यमा सहज पार्न पत्रकार जगत्ले निरन्तर कलम चलाउन आग्रह गर्दै नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै पत्रकारको हितमा महासङ्घ निरन्तर रूपमा अगाडि बढ्ने बताए ।

स्थानीयस्तरमा सञ्चालित रेडियो एफएमलगायत पत्रपत्रिकालाई सबल र सक्षम पार्न सबै खालको विज्ञापन स्थानीयस्तरमै दिनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिए । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाले आयोजना गरेको छलफल कार्यक्रममार्फत् केन्द्रीय नेतृत्वसमक्ष आफ्ना दुःखसुख पोख्न पाउँदा यहाँका पत्रकार अत्यन्तै उत्साहित भएको उक्त शाखाका जिल्ला सभापति हेमनाथ खतिवडाले बताए । रासस