२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो अङ्कले घट्यो शेयर बजार

अ+ अ-

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ ।

एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.६४ बिन्दुले घटेर २७५.४८ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका १२ उपसमूहकै शेयर ओरालो लागेको छ ।

बैंकिङ ११.०७, व्यापार २.६२, होटल २३.६३, विकास बैंक १३.५८, जलविद्युत् १९.०४, वित्त ५.२६, निर्जीवन बीमा ६७।६४, उत्पादन ५४.७८, अन्य ४.०१, लघुवित्त १२.५१, जीवन बीमा ५४.७३ र सामूहिक लगानी कोष ०.१४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज एनआइसि एशिया बैंकको रु नौ करोड छ लाख तीन हजार ७५३ मा कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट रु छ करोड ७ लाख २६ हजार १८५, प्रभु बैंक रु पाँच करोड पाँच लाख ७४ हजार ५१०, नेपाल बैंक लिमिटेड रु तीन करोड ५७ लाख २४ हजार ७७ र प्रिमियर इन्स्योरेन्स कम्पनी रु तीन करोड ३० लाख ७६ हजार २१६ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै तारागाँउ रिजेन्सी होटलका शेयरधनीले ७.५०, गुराँस लघुवित्त वित्तीय संस्था ४.६६, कन्काई विकास बैंक ४.४९, रिलायन्स फाइनान्स ३.७० र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६० प्रतिशतले कमाए । स्टकका अनुसार पाँचथर पावर कम्पनी ९.५२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.५५, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.४९, माउण्टेन हाइड्रो ५.४५, स्पर्श लघुवित्त वित्तीय संस्था ५.२८ र कालिका पावर कम्पनीका शेयरधनीले ५.०५ प्रतिशतले गुमाए ।