२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा आरोही गोपाललाई पोखरा महानगरको सम्मान

अ+ अ-

पोखरा । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका–७ निवासी श्रेष्ठलाई पोखरा महानगरपालिकाले आज सम्मान गरेको हो ।

विगत २५ वर्षदेखि एचआइभीबाट पीडित पूर्व ए डिभिजन फुटबल खेलाडी ५६ वर्षीय श्रेष्ठले यही जेठ ८ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । महानगरप्रमुख मानबहादुर जिसीले श्रेष्ठलाई दोसल्ला तथा मायाको चिनोसहित सम्मान गर्दै श्रेष्ठ पोखराको शान र गौरव रहेको तथा महानगरको झण्डा सगरमाथाको चुचुरोमा फर्फराएकामा आभार व्यक्त गरे ।

महानगरप्रमुख जिसीले भने, ‘श्रेष्ठजी प्रेरणाको स्रोत भएका छन् , कुनै रोग लाग्यो भन्दैमा हीनताबोध गर्नु हुन्न भन्ने सन्देश उनले गरेको सगरमाथा आरोहणले दिएको छ ।’ श्रेष्ठको सगरमाथा आरोहणबाट एचआइभी सङ्क्रमितले पनि समाजमा केही सकारात्मक सन्देश दिन सक्दछन् भन्ने पुष्टि भएको प्रमुख जिसीले उल्लेख गरे ।

सम्मानित व्यक्तित्व श्रेष्ठले एचआइभी भएको भनेर सार्वजनिक नगर्न दबाब आए पनि आफूले सङ्क्रमित व्यक्ति समाजमा लुकेर बस्नु हुँदैन केही न केही गर्नुपर्दछ भनेर खुलेर प्रस्तुत भएको बताए ।

सगरमाथा आरोहण गर्छुभन्दा कतिपयले हाँसोका रुपमा लिएको र कतिले सोच राम्रो हो तर खै भन्ने गरेको स्मरण गर्दै श्रेष्ठले पहिलो पटक विसं २०७२ मा आरोहणको तयारी गरे पनि भूकम्पका कारणले आधार शिविरबाटै फिर्ता हुनुपरेको बताए ।

अनेक चुनौतीको सामना गर्दै सगरमाथाको चुचुरोमा पुगेको बताउँदै उनले एचआइभी सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन जरुरी रहेको उल्लेख गरे । महानगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले श्रेष्ठ पोखराको शान र गौरव भएको बताउँदै उनको नाम विश्व रेकर्डमा दर्ज हुने बताए। कार्यक्रममा श्रेष्ठको आरोहणमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।रासस