१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली

अ+ अ-

फिदिम । घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् छन् । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । “खानेपानीका लागि यो विद्युत् अनिवार्य थियो । अब पानी पनि आउने भयो”, खत्रीले भने, “बसाइँ सर्ने र विदेश जानेको क्रम पनि घट्ला ।”

पाँचथरको दुर्गम मानिएको तुम्बेवा गाउँपालिकामा शनिबारबाट बिजुली बलेपछि स्थानीयवासीमा खुशीको सीमा छैन । तुम्बेवा–४ का रोशन लावतीले भने, “यत्ति चाँडै बिजुली आउँछ भन्ने मैले सोचेको पनि थिइँन । साँच्चै प्रयत्न गर्दा विकासले फड्को मार्नेरहेछ भन्ने मलाई अनुभूति भएको छ ।” गत वर्ष मात्रै निर्माण थालिएको विद्युतीकरणको कार्य पूरा भई तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारमा बिजुली बलेपछि स्थानीयवासीमा खुसी छाएको हो ।

तुम्बेवा यही ठाउँ हो, जहाँ खडेरीले गत वर्ष कुनै अन्नबाली फलेन । प्रदेश सरकारले तुम्बेवा गाउँपालिकासँग साझेदारी गरेर यहाँको वडा नं १, २ र ३ का कृषकलाई प्रतिपरिवार रु सात हजार ५०० राहत उपलब्ध गरायो । यस वर्ष पनि पानी नपर्दा मकैका बिरुवा सुक्न थालिसकेका छन् । यहाँ खानेपानीको हाहाकार अझै विद्यमान छ । प्रदेश सरकारकै लगानीमा खरीद गरिएको ट्याङ्करले खानेपानी वितरण गर्दै आए पनि त्यो पर्याप्त छैन । खानेपानी अभाव, उत्पादन शून्यता र खडेरीले पीडित स्थानीय बसाइँ सर्ने क्रम तीब्र छ । यही तुम्बेवामा तमोर पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्न तथा स्थानीयवासीलाई अँध्यारोबाट मुक्त गर्न राष्ट्रिय प्रसारणलाइनको विद्युत् जडान गरिएको हो ।

दुर्गम यस स्थानमा शनिबारबाट सञ्चालनमा आएको विद्युत्को प्रदेश नं १ आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका हुन् । शनिबार तुम्बेवा–३ स्थित इन्द्रायणी माध्यमिक विद्यालय परिसरमा आयोजित समारोहमा आङ्बोले स्वीच खोलेर बत्ती उद्घाटन गरे । कार्यक्रमको स्टेजअघि चार बल्बमा बत्ती बलेपछि उपस्थित सयौँ स्थानीयवासीले तालीद्वारा स्वागत गर्दै खुशीयाली मनाए ।

यसरी खुशी मनाउनेमध्येका एक तुम्बेवा–१ का राजकुमार भण्डारीले बत्ती बाल्ने लामो समयसम्मको धोको पूरा भएको बताए । बिजुलीको उद्घाटन गर्दै मन्त्री आङ्बोले तीनै तहका सरकारको पहलमा आगामी एक वर्ष आठ महीनाभित्र तुम्बेवा गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार सम्पन्न गरिने जानकारी दिए । “तुम्बेवाका पाँच वटै वडामा विद्युत् विस्तारका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ” मन्त्री आङ्बोले भने, “सबै पक्षको निरन्तर खबरदारीबाट निर्धारित समयमै यो गाउँपालिकालाई अँध्यारोबाट मुक्त गर्नुपर्छ ।” यहाँका सबै वडामा विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण इलाम तथा जोरसल्ले ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी कार्य अघि बढाइसकेका छन् । वडा नं १, २ र ३ मा सहकारी संस्थाको माध्यमबाट तथा वडा नं ४ र ५ मा प्राधिकरणमार्फत विद्युत् विस्तारको कार्य अघि बढेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए ।

नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्र पाँचथरका प्राविधिक प्रमुख सनोज यादवका अनुसार काबेली कोरिडोरको फिदिम–४ स्थित सवस्टेशनबाट यासोक हुँदै तुम्बेवामा ११ केभी विद्युत् विस्तार गरिएको हो । तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारसहित तुम्बेवाका वडा नं ४ र ५ मा विद्युत् विस्तारको कार्य भइरहेको उनले जानकारी दिए। पाथीभरा कन्स्ट्रक्सन प्रालिले विद्युतीकरणको ठेक्का लिएर कार्य गरिरहेको छ । दुर्गम यस क्षेत्रमा शनिबार मात्रै ५० बढी घरमा बिजुली बलेको छ । यही साता २०० घरमा बिजुली बल्ने यादवले जानकारी दिए । दुई करोड ५० लाखमा बोलपत्रमार्फत विद्युत् विस्तारको कार्य अघि बढेको उनले बताए ।

बिजुली बलेपछि स्थानीयवासीमा आधारभूत सेवा प्राप्त हुने विश्वास बढेको छ । खानेपानीको चरम अभाव रहेको यस क्षेत्रमा खानेपानी पुर्‍याउन ४५ करोडको लागतमा तमोर लिफ्टिङ खानेपानी आयोजना निर्माण भइरहेको छ । यो आयोजना सञ्चालनका लागि पनि विद्युत् अनिवार्य थियो । निर्माणकार्य करीब ४० प्रतिशत पूरा भएको यो आयोजना विद्युत् विस्तारसँगै द्रुतगतिमा निर्माण हुने विश्वास लिइएको तुम्बेवा गाँउपालिका–३ का वडाध्यक्ष कमल थापाको भनाइ छ । “बिजुली बलेपछि अब खानेपानी आउँछ भन्ने आशा पलाएको छ । युवाहरु पनि विद्युत्मा आधारित उद्योग, व्यवसायमा जोडिनेछन्”, स्थानीयवासी खेमबहादुर खत्रीले भने “बसाइँसराइले गाउँ नै रित्तो हुने अवस्था शायद अब नहोला ।”

तुम्बेवाका सामाजिक अगुवा देवेन्द्र खत्रीले विद्युत् विकासको पूर्वाधार र स्थानीयवासीको अनिवार्य आवश्यकता विषय भए पनि सुगम ठाउँमै विद्युत् विस्तार हुन नसकिरहेको अवस्थामा तुम्बेवामा बिजुली बल्नु ‘ठूलो परिवर्तन’ भएको संज्ञा दिए । खत्रीले गाउँपालिकाका सबै वडामा चाँडोभन्दा चाँडो विद्युत् विस्तार गर्न र खानेपानी आयोजना पूरा गर्न आफूहरु सक्रिय रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस