२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताए ।

निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनको भनाइ थियो । उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए ।

पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई राखेको उनको भनाइ छ । उनले भने, ‘गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन् ।’ जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको उनको ठम्याइ छ । उनले भने, ‘पार्टी एकता असाधारण काम थियो तर जनताको दबाबले सम्भव भएको हो ।’

पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै उनले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गरे । अब एकताको प्रक्रिया टुङ्ग्याउनका लागि केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै बाँकी रहेको उनले जानकारी गराए । पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि यसले दुर्भाग्य हुने बताए ।

सहमति र एकताको आधारबाट विचल्लित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए । पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने उनको भनाइ थियो । अहिले पार्टीले जिम्मेवारी नदिएको भनेर बस्ने समय नभएकाले उनले सबैले सङ्गठन निर्माणमा लाग्नु आवश्यक रहेको आवश्यकता औँल्याए ।

यसैबीच नेकपा चितवनले पूर्णता पाएको छ । पार्टीका १५५ जना जिल्ला सदस्यलाई एकै साथ शपथग्रहण गराएर पूर्णता दिइएको हो । शपथग्रहण कार्यक्रममा नेकपाका नेता अमिक शेरचन, नेकपा ३ नं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, नेता सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो ।