२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमुख्यसचिव बलरामसिंह मल्लको निधन

अ+ अ-

काठमाडौं । पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ ।

मिर्गौलाको क्यान्सरबाट पीडित भएका उनको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको जनाइएको छ ।

ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । वीरगञ्जमा जन्मेका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो ।

उनका श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी छन् । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव थिए ।

त्यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर काम गरेका थिए । उनी जर्मनीका लागि नेपाली राजदूतसमेत भएका थिए । मल्लको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।