२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्ना सन्तान सरह विरुवाको संरक्षण गरौं : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन् ।

वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोप्नु भएको छ । सरकारले यस बर्ष देखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने भएको छ ।

प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । “हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ,” प्रधानमन्त्री ओलीले भने, “अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।”

वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैह्र सरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो” प्रधानमन्त्री ओलीले भने, “हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यबहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए । यस बर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड वटा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।