२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जना विरुद्ध मुद्दा दायर भएको छ।

आयोगले लिएको परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा अख्तियारले बुधबार विशेष अदालतमा १० जनाविरुद्ध आरोप पत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अध्यक्ष शर्मासहित १० जना कर्मचारी मिलेर विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अख्तियारको ठहर छ।

अख्तियारले अध्यक्ष शर्मासहित सदस्य चिन्तामणी पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापकद्वय टेकनाथ ढकाल, गोविन्द ढकाल, सह प्राध्यापकत्रय राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम सजाय मागदावीसहित मुद्दा दायर गरेको हो।

आरोपितहरुले पदीय मर्यादा अनुरुप आफूले पूरा गर्नुपर्ने दायित्व पुरा नगरी उक्त पदहरुको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध भएको अख्तियारले जनाएको छ।

यस्तै, अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष शर्मा, सदस्य पोखरेल, प्रशासन प्रमुख कोइराला र प्राध्यापकद्वय टेकनाथ ढकाल र गोविन्द ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजायको समेत माग गरेको छ।

यस्तो छ अख्तियारको विज्ञप्तिः

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशन गरेको विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्त मान्छेहरुलाई समेत उत्तिर्ण गराई अनियमितता गरेको भन्ने समेत ब्यहोराको यस आयोगमा विभिन्न मितिमा दर्ता हुन आएका उजुरी निवेदनहरुका सम्बन्धमा अध्ययन विश्लेषण गरी हेर्दा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको मिति २०७३/११/२८ मा प्रकाशित विज्ञापन नं. १८र२०७३/०७४ अन्तर्गत विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरुका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकोमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरुको लिखित परीक्षा सञ्चालनको क्रममा उत्तरपुस्तिका परीक्षणमा निम्न बमोजिम अनियमितता भए गरेको देखिन आयो।

शाखा अधिकृत पदको लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाईयो ।यी मध्ये एक परीक्षार्थीको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको तृतीय पत्रमा १४ अङ्क थपेर मेरिटमा ल्याएको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क थपेर मेरिटमा ल्याएको गरी ४ जनाको अङ्क थपेर उत्तिर्ण गराएको पाईयो भने १ जना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाई अनुत्तिर्ण गराएको र अर्को एकजना परीक्षार्थीको प्रथम पत्रमा ९ र तृतीय पत्रमा १४अङ्क घटाएर अनुत्तिर्ण गराएको पाइएको। यस कार्यमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिन आएको ।

लेखा अधिकृत पदको लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये एक जनाको द्वितीय पत्रमा ९ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा३ अङ्क थपी मेरिटमा पारेको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा ७ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ३ अङ्क थपेको र संपरीक्षण गर्ने परीक्षकले ९अङ्क घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा२ अङ्क थपी मेरिटमा पारेको गरी ७ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाईयो ।यी मध्ये सबै जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा २ देखि १० अङ्क सम्म थप गरी उत्तिर्ण गराइएको । यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो ।

सहायक कानुनी सल्लाहकार पदको लागि पदसंख्या १ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये एक परीक्षार्थीको द्वितीयपत्रमा १५ अङ्क थपी पाँचौलाई पहिलो मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीयपत्रमा २ अङ्क घटाई दोश्रोलाई चौथो मेरिटमा पारेको र अर्को परीक्षार्थीको द्वितीयपत्रमा ८ अङ्क घटाई पहिलोलाई दोश्रो मेरिटमा पारेको गरी ३ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको। यी मध्ये सबै जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा अङ्क सम्म थपघट गरी नतिजामा फेरबदल गरी यी तीनजना मध्ये एकजना ३७ अङ्क आएकोलाई १५ अङ्क थपिदिएर ५२ पुर्‍याएको र अन्य दूईजनाको प्राप्ताङ्क घटाई ५० मा झारेको देखिन आयो । यस कार्यमा संपरीक्षक तारा प्रकाश पौडेलको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो ।

मूख्य लेखा सहायक पदको लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये एक जना परिक्षार्थीको प्रथम पत्रमा १५ र द्वितीय पत्रमा १३ अङ्क थपी उत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १३ अङ्क थपी उत्तिर्ण गराएको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अङ्क थपी उत्तिर्ण गराएको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क घटाएर अनुत्तिर्ण गराएको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अङ्क घटाएर अनुत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अङ्क घटाएर अनुत्तिर्ण गराएको गरी ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको। यी मध्ये एक जनाको प्रथम र दोश्रो दुवै पत्रमा अङ्क थपेको पाईयो भने अन्य ५ जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा ६ देखि १५ अङ्क सम्म थपघट गरी नतिजा फेरबदल गराएको पाईयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो ।

मूख्य कार्यालय सहायक पदको लागि कूल पदसंख्या १२ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये एक परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपी उत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपी उत्तिर्ण गराएको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अङ्क थपी उत्तिर्ण गराएको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा ३ अङ्क थपी उत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी उत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ५ र सं. प. ले ११ अङ्क थपी उत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अङ्क थपी उत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ८ अङ्क थपी उत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीयपत्रमा सं.प.ले २२ अङ्क थपी उत्तिर्ण गराएको,अर्को परीक्षार्थीको परीक्षकले ५ पटकसम्म अङ्क सच्याई फेललाई उत्तिर्ण गराएको र अर्को परीक्षार्थीको सं.प. ले १० अङ्क घटाई मेरिटमा नपारेको गरी ११ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको । यी मध्ये २ जनाको प्रथम र दोश्रो दुवै पत्रमा अङ्क थपेको पाईयो भने अन्य ८ जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा २ देखि ३० अङ्क सम्म थप गरी नतिजा फेरबदल गराएको पाईयो । एकजनालाई १० अङ्क घटाई नियतवस मेरिटबाट हटाई अनुत्तिर्ण गराएको देखिन आयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डे र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको ।

कार्यालय सहायक पदको लागि कूल पदसंख्या १४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये दुई जना परीक्षार्थीको खुलामा नआउनेलाई अङ्क थपी मेरिटमा ल्याइ २ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थप गरी परीक्षाको परिणाम फेरबदल गरी दुवै जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा ४ देखि ५ अङ्क सम्म थप गरी नतिजा फेरबदल गराएको पाईयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको ।

उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कुल प्राप्ताङ्क केरमेट नगरी लेख्नुपर्ने, केरमेट गर्नुपर्ने नै भएमा शुरु अङ्क बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अङ्क सार्दा केरमेट नगरी फरक नपारी उतार्नुपर्ने भन्ने कुरा उत्तरपुस्तिका परीक्षकलाई दिईएको नियुक्तिपत्रमा स्पष्ट उल्लेख हुँदा हुँदै त्यस विपरीत परीक्षकले जथाभावी अङ्क केरमेट गरेको देखिनु र त्यस्तो केरमेट गरी सच्याउने काम सबैजसो उत्तिर्ण भएका परीक्षार्थीहरुका उत्तरपुस्तिकामा भएको देखिनुले परीक्षकले एकपटक उत्तरपुस्तिका परीक्षण गरेर बुझाईसकेपछि डिकोडिङ्ग पश्चात पास गराउनुपर्ने ब्यक्तिलाई तिनिहरुका उत्तरपुस्तिकामा अङ्क थपघट गरी नतिजा फेरबदल गराएको भन्ने पुष्टी हुन आयो ।केरमेट गरिएकोमा पनि अधिकांश उत्तरपुस्तिकाहरुको शुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, केरमेट भएकोमा परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता तथ्यहरुले परीक्षकले आफ्नो कर्तब्य र दायित्व पूरा गर्न नसकी अनियमिततामा संलग्न भएको स्पष्ट हुन आयो ।

परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तर पुस्तिकाहरु रुजु गर्दा कुनै त्रुटी देखिएमा वा शंकास्पद लागेमा त्यस्ता उत्तर पुस्तिकाहरु मध्ये सबै वा त्रुटी देखिएका उत्तरपुस्तिकाहरुको संपरीक्षण गराउने र सामान्यतस् कम्तिमा ३३ प्रतिशत उत्तर पुस्तिकाहरु संपरीक्षण गराउनुपर्ने भन्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोग, सेवा आयोगको आन्तरिक कार्यविधिको दफा १९ मा भएको ब्यवस्था विपरित शंकास्पद सबै वा रुजु गर्दा त्रुटी देखिएका उत्तरपुस्तिकाहरुको संपरीक्षण नगराएको र ३३ प्रतिशत उत्तर पुस्तिकाहरु संपरीक्षण गराउनुपर्नेमा केही मात्र उत्तरपुस्तिकाहरुको संपरीक्षण गराएको देखियो ।

आयोगको आन्तरिक कार्यविधिको दफा १८ मा भएको ब्यवस्था बमोजिम परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिकाहरु निश्चित आधारमा रुजु गराउने र रुजु गर्दा केही छुट देखिएमा सम्बन्धित परीक्षकलाई नै बोलाई सच्याउन लगाउनु पर्ने, कथंकदाचित सम्बन्धित परीक्षक उपलब्ध नभएमा संपरीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनु पर्नेछ भन्ने स्पष्ट ब्यवस्था हँदाहुँदै यसका बावजुद आयोगद्वारा उत्तरपुस्तिका रुजु गराईएको कुनै आधिकारिक निर्णय नदेखिएको, रुजु गरिएको अङ्क पेन्सिलले लेखिएको पाईएको र रुजु गर्दा छुट देखिएको अङ्क सम्बन्धित परीक्षक वा सम्परीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनु पर्नेमा सो नगरी आयोगको कुनै आधिकारिक निर्णयबिना सोझै लेजरमा सारी नतिजा प्रकाशन गरिएको देखिंदा रुजु गर्ने काममा समेत त्रुटी भएको देखिन आयो ।

आयोगको आन्तरिक कार्यविधिको दफा ३६ मा भएको ब्यवस्था बमोजिम आयोगमा कार्यरत कुनै शिक्षकरकर्मचारीको कुनै नातेदार वा आफु स्वयं आयोगद्वारा संचालन हुने कुनै विज्ञापनमा उम्मेदवार भएमा सो को लिखित जानकारी सम्बन्धित शिक्षकरकर्मचारीले अध्यक्ष समक्ष अनिवार्य रुपमा दिनु पर्नेछ र यस बमोजिम सूचना प्राप्त भएमा त्यस्तो कर्मचारीलाई त्यस्तो परीक्षा संचालन सम्बन्धी कामबाट अलग राख्ने ब्यवस्था गर्नुपर्नेछ भन्ने ब्यहोरा उल्लेख भएकोमा सो को पालना भएको नपाइएको। यस विज्ञापनमा डबल कोडिङ्ग गरेको देखिए ता पनि उनै ब्यक्तिहरु दुवै कोडिङ्गमा संलग्न भएको देखिन आएकोले डबल कोडिङ्ग गर्नुको कुनै औचित्य नरहेको लिखित परीक्षाको विश्वशनियता र गोपनियता कायम रहेको देखिएन ।

त्रि.वि. सेवा आयोगद्वारा लिईएको उक्त विज्ञापन अन्तर्गतका प्राविधिक तथा प्रशासनिक तर्फका विभिन्न १६ पदहरुमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ पदहरुका स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षा सञ्चालन तर्फ ३५ थान उत्तरपुस्तिकाको कोडिङ्गरडिकोडिङ्ग, परीक्षण, संपरीक्षण, रुजु लगायत नतिजा प्रकाशनमा समेत थुप्रै अनियमितताहरु भएको देखिन आएकोमा यस अनियमिततामा त्रि।वि। सेवा आयोगका पदाधिकारीहरु, सेवा आयोगका कर्मचारी, परीक्षक तथा संपरीक्षकहरु संलग्न रहेको संकलित प्रमाणहरुबाट पुष्टी हुन आयो ।

यसर्थ, त्रि.वि. सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्री गरी दश जनाले पदीय मर्यादा अनुरुप आफुले पूरा गर्नुपर्ने दायित्व पुरा नगरी उक्त पदहरुको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम सजायँ हुन मागदावी लिने र त्रि.वि. सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल र प्राध्यापक गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजायँको समेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।