२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा विशाल नदी : छुट्टिएका भंगालाहरु फेरी मिसिन आउछन् : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताएका छन् ।

विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताएका छन् ।

‘कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन्,कहिले बाटो भूलेर” प्रधानमन्त्री ओलीले भने,’ पुल मुनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छन् । त्यस्तै कम्यूनिष्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथीहरु फेरी अहिले मुलधारमै आएका छन् । उहाँहरुलाई स्वागत छ ।’

प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताएका छन् । “देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन । आउनुहोस सबै मिलौं देश बनाउँ ‘ प्रधानमन्त्री ओलीले भने ।

नेपालमा पहिले राजनीतिका मात्र कुरा हुने गरेकोमा अहिले विकासका कुराले प्रधानता पाउन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘जनताका समस्या भन्दा सरकार टाढा छैन । जनताका आवश्यकतालाई मनन गरेर हामी काम गर्छौं ‘ प्रधानमन्त्री ओलीले भने ‘हामीमा कुनै मतभेद छैन । व्यक्तिगत स्वार्थलाई गौंण र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर विकसित देश बनाउन हामी लागि परेका छौं ।’

प्रधानमन्त्री ओलीले केही केहीले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको बताएका छन् । ‘बहुदलमा आलोचना गर्न पाइन्छ । चुनाव पनि हार्नु आलोचना पनि गर्न नपाउनु त भएन नि ‘ प्रधानमन्त्री ओलीले भने ‘ जति आलोचना गरे पनि सरकार देशमा सुशासन कायम गर्ने अभियानमा दृढ संकल्पित छ । ‘

कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला,देवेन्द्र पराजुली,गुणखर भूसाल,मनु हुमागाईं लगायत नेकपामा प्रवेश गरेका छन् । उहाँहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराएका छन्ु ।