२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार : नेप्से झिनो अङ्कले सुधार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूच्क ०.२४ बिन्दुले बढेर २६८.५७ अङ्कमा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर रु २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीदबिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६१, वित्त १.६१, निर्जीवन बीमा ०.१२, उत्पादन २.५३ र लघुवित्त ०.४७ बिन्दुले घटेको छ ।

यस्तै होटल ११।९६, विकास बैंक ८.८५, जलविद्युत् ०.९४, अन्य २.२५, जीवन बीमा ३२.५२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो । सो संस्थाको रु दुई करोड ५३ लाख सात हजार ३३० मूल्यमा कारोवार भयो । मेगा बैंकको संस्थापक शेयर रु दुई करोड १८ लाख २२ हजार ३२६, नेपाल बैंक लिमिटेड रु दुई करोड १७ लाख ३२ हजार १९९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड ६७ लाख ४६ हजार ८९२, सिभिल बैंक रु एक करोड ३८ लाख ६२ हजार ५५० र चिलिमे जलविद्युत् कम्पनीको रु एक करोड २४ लाख १०७ मूल्यमा खरीदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाए । यस्तै नबिल इक्विटी फण्ड ७.३८, पञ्चकन्या माई हाइड्रोपावर ५.८८, समिट लघुवित्त वित्तीय संस्था ३.४०, दिव्यश्वरी हाइड्रोपावर २।७८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २।५६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै मल्टी पर्पोज फाइनान्स कम्पनी ८.२७, अरुण काबेली पावर ६.२५, गुराँस लघुवित्त वित्तीय संस्था ३.७५, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.२, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।