१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीसँग डेटिङ गएपछि प्रमुख कार्यकारी जागिरबाट हटाइए

अ+ अ-

म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ।

अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले ‘कम्पनीको नीति उल्लङ्घन गरेका’ र ‘कमजोर निर्णय क्षमता देखाएका’ बताएको छ।

कर्मचारीहरूलाई पठाएको एउटा इमेलमा ब्रिटिश नागरिक इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताए। ‘कम्पनीको मूल्यलाई ध्यानमा राख्दै मैले अब जागिर छोड्ने विषयमा बोर्डसँग सहमति जनाएको छु’ उनले भने ।

श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका ५२ वर्षीय इस्टरब्रुकले अहिलेको पद सम्हाल्नुअघि पहिलो पटक सन् १९९३ मा लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा काम गरेका थिए।

सन् २०११ मा उनले म्याक्डोनल्ड्स छोडेर पिज्जा एक्स्प्रेसका र त्यसपछि सन् २०१३ मा म्याकडोनल्ड्समा फेरि फर्कनुअघि खानासम्बन्धी एशियाली सञ्जाल वागामामाका प्रमुख भए।

सन् २०१५ मा उनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भए।

म्याक्डोनल्ड्सका मेन्यू तथा रेस्टुराँमार्फत्‌ अझ राम्रा कुरा पस्केर कम्पनीलाई अगाडि बढाएको श्रेय इस्टरब्रुकलाई जान्छ।

उनको कार्यकालमा कम्पनीको शेअर मूल्य दुई गुणाभन्दा बढीले बढ्यो।

इस्टरब्रुकको नेतृत्वमा म्याक्डोनल्ड्सले आफ्नो डेलिभरी सेवालाई विस्तार गर्नुका साथै मोबाइलमार्फत्‌ गरिने भुक्तानीमा अझ बढी जोड दियो।

शुक्रवार एउटा समीक्षापछि म्याक्डोनल्ड्सको बोर्ड बैठकले इस्टरब्रुकको बहिर्गमनबारे मतदान गरेको थियो।

म्याक्डोनल्ड्सका अध्यक्ष र बोर्डका सदस्य पदबाट पनि उनले राजीनामा दिएका छन्।

सो कम्पनीको नीतिले व्यवस्थापकहरूलाई आफूसँग तल्लो तहका कर्मचारीसँगको प्रेम सम्बन्धलाई वर्जित गरेको बीबीसीले जनाएको छ ।

पदबाट हटाइएपछि उनलाई दिइने रकम लगायतबारे विस्तृत विवरण सोमवार सार्वजनिक गरिनेछ, जसलाई धेरैले नजिकबाट नियाल्नेछन्।

कर्मचारीलाई दिने तलबलाई लिएर म्याक्डोनल्ड्सले आलोचना खेप्दै आएको छ र सन् २०१८ मा लिएको एक करोड ५९ लाख डलर बराबरको तलब(सुविधालाई लिएर इस्टरब्रुकले छानबिनको सामना गर्नुपरेको थियो।

त्यो मध्यम तहका कर्मचारीको तलबभन्दा २,१२४ गुणाले बढी हो। मध्यम तहका कर्मचारीले ७,४७३ अमेरिकी डलर पाउँछन्।

इस्टरब्रुकको ठाउँमा तत्काल लागु हुने गरी क्रिश केम्पजिन्स्की आउनेछन्।

गत वर्ष इन्टेलका प्रमुखलाई कम्पनीको नीतिविपरीत कर्मचारीसँग सम्बन्ध राखेकोले पदबाट हटाइएको थियो। उनी सन् २०१३ देखि प्रमुख पदमा थिए। बिबिसी

प्रतिक्रिया दिनुहोस