२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ३ लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव श्रेष्ठ सिफारिस

अ+ अ-

हेटौडा । प्रदेश ३ को लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव शुरेसमान श्रेष्ठलाई नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ।

श्रेष्ठलाई प्रदेश लोक सेवा आयोग सिफारिस समितिले आयोगको अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता रहने व्यवस्था छ । आयोगको अध्यक्षमा सिफारिस भएका श्रेष्ठलाई प्रदेश प्रमुखले नियुक्त गर्ने प्रावधान रहेको छ ।

नेपाल सरकारको निजामती सेवामा तीन दशक बढी काम गरिसकेका श्रेष्ठलाई अध्यक्षमा सिफारिस गरिएपनि महिला सहित दुईजना सदस्य भने सिफारिस गर्न बाँकी छ।

लमजुङको दुरा डाँडामा २०१५ साल चैत ४ गते जन्मेका श्रेष्ठले २०६८ सालदेखि २०७३ साल सम्म सचिव भई काम गरेका थिए।

सचिव रहँदा सुर्खेत(क्षेत्रीय प्रशासक), राष्ट्रिय सूचना आयोग(सचिव), राष्ट्रिय सर्तकता केन्द्र, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, सहकारी मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोगमा समेत काम गरेको अनुभव रहेको छ। राष्ट्रिय योजना आयोगमै रहँदा उनले २०७३ सालमा निजामती सेवाबाट अवकाश लिएका थिए।