२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : कारोबार रकम ७६ करोड नाघ्यो

अ+ अ-

काठमाडौं । साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अङ्कले बढेर १ हजार १७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अङ्कले बढेर २५५.६० पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज कुल १६८ कम्पनीका २१ लाख २ हजार ६१ कित्ता शेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भयो ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये ५ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको शेयर ८.२२ अङ्कले घटेको छ । यस्तै बैंकिङ २.८२, विकास बैंक २.७२, हाइड्रोपावर २८.९७, फाइनान्स १.४, निर्जीवन बीमा ३३२.०४, जीवन बीमा २७८.६९ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ८ करोड २८ लाख ५२ हजार ३१ मा खरिदबिक्री भयो । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु ४ करोड १० लाख ७० हजार ६२०, एनएमबी बैङ्कको रु तीन करोड ७६ लाख ५९ हजार ५४४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ३ करोड ६६ लाख ५३ हजार ५४४, नेपाल बैंक लिमिटेडको रु २ करोड १ लाख ८९ हजार ३८ र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर रु एक करोड ८६ लाख ३८ हजार २१६ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.७७ प्रतिशतले गुमाए । यस्तै साल्ट्र ट्रेडिङ कम्पनी ४.६०, युनिलिभर नेपाल लिमिटेड ३.९३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.६७, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले समान ३.४४ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै सूर्या लाइफ इन्स्योरेन्स ९.९६, हिमालयन जनरल इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ९.९२, हिमालयन उर्जा विकास कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सका लगानीकर्ताले समान ९.८० तथा नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७९ प्रतिशतले कमाए ।