८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय चुलोको गुणस्तर मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड

अ+ अ-

ललितपुर । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले नेपालमा विद्युतको उत्पादनमा वृद्धि भएसँगै यसको खपत बढाउन र आयातित खाना पकाउने एलपी ग्यासको निर्भरतालाई घटाउन विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागले यहाँ आयोजना गरेको विद्युतीय चुलोको मापदण्डसम्बन्धी छलफल कार्यक्रममा उनले एलपिजीको आयातमा मुलुकले वर्षेनी अर्बौँ रुपैँया खर्चिनु परेको उल्लेख गर्दै विद्युतीय चुलोको प्रयोगबाट समृद्ध नेपाल सुखी नेपालीको अभियानमा टेवा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे । उनले लाखौं इन्डक्सन चुलो किन्दा ठूलो धनराशि विदेशमा जाने भएकाले त्यसलाई रोक्न स्वदेशमै प्रविधिको विकास तथा प्रविधि परीक्षणको प्रयोगशाला निर्माणमा समेत लाग्नुपर्ने आवश्यकता औँल्याए ।

केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले विद्युतीय चुलोको मापदण्डलाई कार्यान्वयन गराउन केन्द्रले पहल गर्ने बताए । विद्युतीय चुलोको प्रयोगले विद्युत् खपत बढाउन, घरभित्रको प्रदूषण न्यून गर्न, वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यसलाई राष्ट्रिय अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिँदै सरकारको स्वच्छ नेपालको सपना साकार गर्न सकिने धारणा राखे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिलिपकुमार सडौलाले विद्युतीय चुलोको मापदण्ड कार्यान्वयनमा सहयोग पुर्‍याउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा व्यक्त गर्दै यसले मुलुकमा उत्पादित ऊर्जाको खपतमा टेवा पुर्‍याउने बताए ।

नेपाल गुणस्तर तथा नापतौल विभागको पहलमा पहिलोपटक विद्युतीय चुलोको गुणस्तर मापदण्ड तयार गरिएको छ । क्लिन कुकिङ्ग एलायन्सको आर्थिक सहयोग तथा नेपाल इनर्जी फाउण्डेसनले प्राविधिक सहयोगमा सो मापदण्ड तयार गरिएको हो । कार्यक्रममा नेपालमा विद्युतीय चुलोको मापदण्ड पुस्तकको पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस