काठमाडौं । मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार बिहान आगोको मुस्लो देखिएको छ।
बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमानाको जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन्।
आगोको मुस्लो देखिएको ठाउँ मानव बस्तीदेखि टाढा भएकाले के भएक हो भन्नेबारे थाहा भएको छैन। स्थानीयले आगोको मुस्लो देखेपछि जहाजसम्बन्धी केही घटना भएको हो किन भन्ने आशंका गरेका थिए। तर अहिलेसम्म कतैबाट यसको पुष्टि नभएको जानकारी आएको छ ।
आगोको मुस्लो देखिएपछि कतिपयले विमान दुर्घटनाको आशंका गरेका थिए। तर त्रिभुवन विमानस्थल कार्यालयले विमान दुर्घटनाबारे जानकारी नआएको बताएको छ।







