१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपात र हिम पहिरोको जोखिम: १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्तिकको १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

बंगालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भएको र त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो । 

प्राधिकरणका प्रवक्ता तथा उपसचिव रामबहादुर केसीले हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिम पहिरोको जोखिम रहेकाले १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह गरिएको जानकारी दिए। बिहीवार मौसमको सम्भावित प्रभाव र विपद् प्रतिकार्य तयारीबारे जानकारी दिँदै उनले जोखिमयुक्त क्षेत्रमा रहेका मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न तथा हिमाली क्षेत्रमा गएका पर्यटकलाई सुरक्षित स्थानमा फर्काउन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए । 

उनकाअनुसार मौसमसम्बन्धी विशेष बुलेटिन जारी भइसकेको छ भने त्यसका आधारमा पूर्वसूचना तथा सचेतनामूलक सन्देश प्रवाह गरिएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न भनिएको उनले बताए । प्रवक्ता केसीले अहिले धानबाली भित्र्याउने समय भएकाले काट्न बाँकी रहेको धान १२ गतेअघि नै काटेर सुरक्षित रूपमा भित्र्याउन आग्रह गरे । १२, १३ र १४ गते धान काट्ने तथा भित्र्याउने काम गर्दा प्रतिकूल मौसमका कारण क्षति हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । सम्भावित वर्षाका कारण पहिरो तथा आकस्मिक बाढीको जोखिमसमेत हुन सक्ने भएकाले जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए । सम्भावित विपद्को प्रतिकार्यका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ । हेलिकप्टर, खोज तथा उद्धार सामग्री र उद्धारमा खटिने जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी तयारी गरिएको उनले बताए । 

प्राधिकरणको सिचुएसन रुम आगामी ३६ घण्टासम्म सक्रिय रहने तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र र जिल्लास्थित आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पनि सक्रिय बनाइएको उनले जानकारी दिए। जोखिमको अवस्था विश्लेषण गर्न तथा पूर्वसूचना र चेतावनी सम्बन्धित समुदायसम्म पुर्‍याउन केन्द्रदेखि स्थानीय तहसम्म समन्वय भइरहेको उनको भनाइ छ । केसीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक १२, १३ र १४ गते यात्रा नगर्न तथा हिमाली क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरे । मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि मौसम पूर्वानुमानसम्बन्धी हेल्पलाइन ११५५ मा सम्पर्क गर्न सकिने उनले बताए। 

उनले भने, ‘बंगालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि न्यून चापीय प्रणालीमा परिणत भई कमजोर हुँदै गएको छ । यद्यपि, यसको प्रभाव नेपालमा आज साँझदेखि पर्ने सम्भावना रहेकाले विभिन्न स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । मौसम पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिम पहिरोको जोखिम उच्च रहेकाले मंसिर १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह गरिएको छ। जोखिमपूर्ण क्षेत्रमा रहेका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । धानबाली भित्र्याउने समय भएकाले सम्भव भएसम्म मंसिर १२ गतेअघि नै बाली काटेर सुरक्षित राख्न र त्यसपछिका दिनमा जोखिमपूर्ण अवस्थामा कृषि कार्य नगर्न अनुरोध गरिएको छ। साथै, पहिरो र आकस्मिक बाढीको सम्भावना रहेकाले जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न स्थानीय तह तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ । विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय, हेलिकप्टर, खोज तथा उद्धार टोली र आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिचुएसन रुम पनि आगामी ३६ घण्टासम्म सक्रिय रहनेछ । आम नागरिकलाई यस अवधिमा अनावश्यक यात्रा नगर्न, मौसमसम्बन्धी पूर्वसूचना पालना गर्न र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।’

विपद्को जोखिम देखिएमा वा सहायता आवश्यक परेमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गर्दै उनले पूर्वसूचना र चेतावनीको पालना गर्न के मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताए ।

0 Comments