२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. थापा नियुक्त

अ+ अ-

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्षमा प्रतिष्ठानका डा.निरेश थापा नियुक्त भएका छन् ।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णयबाट आज डा.थापालाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका उपकुलपति प्रा डा.राजेन्द्रराज वाग्लेले गत मङ्सिर ३० गते शिक्षाध्यक्ष नियुक्तिका लागि डा.थापा, डा. भरतमणि पोखरेल र डा.बद्री बडूलाई सहकुलपति समक्ष सिफारिस गरेका थिए ।

निवर्तमान शिक्षाध्यक्ष डा.धर्मराज श्रेष्ठको कार्यावधि जेठ २५ गते सकिएपछि सात महिनादेखि प्रतिष्ठान शिक्षाध्यक्ष विहीन थियो । सहकुलपति ढकालले डा.थापालाई चार वर्षीय कार्यकालसहितको शिक्षाध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा.राजेन्द्रराज वाग्लेले जानकारी दिए ।

उपकुलपति प्रा डा. वाग्लेले एक साताअघि प्रतिष्ठानको कार्य परिषद्ले अस्पताल निर्देशकमा प्रतिष्ठानमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मङ्गल रावललाई जिम्मेवारी दिइएको बताए । ‘यतिबेला प्रतिष्ठानमै कार्यरत ऊर्जाशील जनशक्तिलाई जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘आशा गरौँ, अब प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा सहजता आउनेछ ।’