काठमाडौँ । शनिबार बिहान काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार बिहान ६ बजे काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस पुगेको हो । शनिबार बिहान मापन गरिएको काठमाडौंको तापक्रम यो वर्षकै कम हो ।
यसअघि बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
तराईमा २४ घण्टासम्म बाक्लो हुस्सुरकुहिरो रहने महाशाखाले जनाएको छ । चिसोबाट बच्न र यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
आगामी तीन दिनको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







