२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्णालीको गरीबी घटाउन सहकारीको भूमिका’

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीको गरीबी घटाउन सहकारीको उल्लेख्य भूमिका रहेको बताएकी छन्। बौद्ध ग्रामीण बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड सुर्खेतद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभामा उनले सहकारी मुलुकको अर्थतन्त्रको बलियो आधार खम्बा भएको बताइन् ।

उनले भनिन्, ‘अहिले युवा तथा घरेलु बेरोजगारहरुको रोजगारीको माध्यम सहकारी बन्दै गएको छ । सहकारीहरुले कर्णालीको गरीबी घटाउन प्रशंसनीय काम गरेका छन् ।’ त्रिपन्न हजार शेयर सदस्य बनाएर बौद्ध ग्रामीण सहकारी सुर्खेतले यहाँका नागरिकको आर्थिक विकासमा ठूलो सहयोग पुर्‍याएको भन्दै सहकारीमन्त्री केसीले भनिन्, ‘कर्णाली सरकारले कृषि र लघुउद्यमको माध्यमबाट जनताको जीवन बदल्न चाहेको छ । बौद्ध सहकारीले लिएको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारालाई सार्थक तुल्याउन सरकारले आवश्यक सहयोग गर्छ ।’

प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले कर्णाली सरकारले सहकारीको कानून बनाइसकेको र नियमावली बनाउने क्रममा अघि बढेको बताइन् । सहकारीहरुको व्यवस्थित गर्न बनेको उक्त कानून तथा नियमावलीले बौद्ध सहकारीलाई यहाँका १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य पूरा गर्ने विश्वास दिलाउँदै उनले सहकारीमा लाग्ने सबै शेयर सदस्य आर्थिक, सांस्कृतिक र सामाजिक हिसाबले सम्पन्न हुने जिकिर गरिन् ।

कार्यक्रममा पायनियर बहुउदेश्यीय सहकारी संस्था सुर्खेतका उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले सहकारीका क्षेत्रमा कर्णाली सरकारलाई लगानी गर्न अनुरोध गरे । बौद्ध सहकारी संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले समाजका सबैलाई आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा अनुशासित बन्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।