काठमाडौँ । चितवनका एसपी दान बहादुर मल्ललाई १२ घण्टाभित्र सरुवाभएको कार्यालयमा जान निर्देशन दिएइको छ ।
सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयले एसपी मल्लसहित २४ जनाको पुस ४ गते सरूवा गरेको थियो।
सम्बन्धित समाचार : नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
एसपी मल्लाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौँ सरुवा गरिएको थियो भने उनको ठाउँमा चितवनमा एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो ।
प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर-३ को निर्देशन :








