११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैन’

अ+ अ-

कनकाई । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताएका छन् । निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सन झापाको २९ औँ स्थापना दिवसको अवसरमा झापाको विर्तामोडमा आयोजित निजी विद्यालयको योगदान, अवसर, चुनौती र सम्भाव्यता विषयक अन्तरक्रियात्मक कार्यक्रममा उनले हिजोको र आजको परिस्थिति फरक भएकाले निजी विद्यालयका सञ्चालकलाई ढुक्क भएर लगानी गर्न अनुरोध गरेका छन् । सरकार जुनसुकै पार्टीको भए पनि समृद्धिको यात्रामा निजी क्षेत्र अझै सक्रिय हुनुपर्नेमा प्रदेश प्रमुख प्यासीले जोड दिए।

शिक्षा क्षेत्रमा सरकारले ठूलो धनराशि खर्च गरे पनि लगानीको आधारमा सामुदायिक विद्यालयले प्रतिफल दिन नसकेको बताउँदै प्यासीले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयतर्फ विद्यार्थी किन आउँदैनन् भन्ने कुरामा विद्यालयका शिक्षकले गम्भीर भएर सोच्ने बेला आएको बताए ।

प्रदेश नं १ राजनीतिक, सामाजिक, शैक्षिक, बौद्धिकलगायत हरेक हिसाबले अग्रस्थानमा रहेको चर्चा गर्दै प्यासीले विशेषज्ञता हासिल गरेका व्यक्तिसँगको समन्वय र सुझाव ग्रहण गरेरै सबै पक्षलाई मान्य हुने गरीको शैक्षिक नीति निर्माण हुने गरेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डा चन्द्र भण्डारीले अहिले दिइएको शिक्षा पूर्वीय वैदिक सभ्यता अनुकूल पनि नभएको र पूर्णरूपमा पाश्चात्य परम्परा अनुकूलको पनि नभएका कारण शिक्षा मूल्यवान हुन नसकेको बताए। शिक्षाको महत्व कायम राख्नका लागि पाठ्यक्रम परिवर्तन अनिवार्य रहेको उनको भनाइ थियो । गुरुकुल शिक्षा र मौलिक शिक्षाले व्यावहारिक ज्ञानसँगै परिवार, समाज र देशप्रति उत्तरदायी जनशक्ति उत्पादन गरेको जिकिर गर्दै केन्द्रीय सदस्य भण्डारीले पूर्वीय वैदिक सभ्यता अनुकूलको शिक्षा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । नेपालमा रहेका प्राकृतिक जडीबुटी, भौतिक तथा सांस्कृतिक सम्पदाको जानकारी, भौगोलिक बनावटलगायत नेपालको परिवेश अनुकूल शिक्षा आवश्यक रहेको चर्चा गर्दै उनले भने, ‘जुम्लामा यार्सागुम्बा छ, पहाडी र हिमाली क्षेत्रमा जडीबुटी छन्, लुम्बिनी, सगरमाथा, जनकपुरलगायतका सम्पदा छन् । यी प्राकृतिक जडीबुटीको संरक्षणका लागि प्रयोग हुने शिक्षा मुलुकमा आवश्यक छ ।’

प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीले शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप, शैक्षिक गुणस्तरमा देखिएको ह्रासका कारण गुणात्मक शिक्षा लिने नाममा नेपाली विद्यार्थी र पूँजी बाहिरिने क्रम बढेकाले शिक्षा ऐन, कानून तर्जुमा गर्दा यी समस्या समाधानमा ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण गराए । संयुक्त राष्ट्रसङ्घीय बडापत्र १९८९ मा उल्लेखित ‘राइट टु च्वाइस अफ एजुकेशन’ र नेपालको संविधान धारा ४४ को प्रावधान विपरीत सामुदायिक विद्यालयमा पढ्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना नगर्न उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस