२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ओरालो

अ+ अ-

काठमाडौं । मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिदबिक्री भयो ।

कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढेको छ । सो उपसमूहको शेयर १६२.७४ अङ्कले बढेको छ । बैंकिङ ८.६१, व्यापार ११.१३, होटल २३.६७, विकास बैंक १७.७२, जलविद्युत् १५.९३, वित्त १.९४, निर्जीवन बीमा २३.०५, उत्पादन २३.५८, अन्य ५.९४, लघुवित्त १०.३६ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ६१ करोड १२ लाख २८ हजार ७४६ मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु ९ करोड ९ लाख ३१ हजार १८५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु ७ करोड ६९ लाख ९ हजार २३४, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रु ५ करोड ८३ लाख ६७ हजार ३५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ५ करोड ८१ लाख ७१ हजार ५७९, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको रु ५ करोड ४१ लाख २७ हजार ११२ र एनआइसी एसिया बैंकको रु २ करोड ९५ लाख ७७ हजार ४८८ मा खरिदबिक्री भयो ।

स्टकका अनुसार आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फण्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाए ।

यस्तै सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैङक ७.५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फण्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.९९ प्रतिशतले गुमाए ।