काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा बिहीबार मनाङ्गे पक्राउ परेका थिए।
सम्बन्धित समाचार : सांसद दीपक मनाङ्गे लेकसाइडबाट पक्राउ
उनीविरुद्ध प्रहरी कार्यालयमा बुधबार कुटपिटको उजुरी दर्ता भएको थियो।







