२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसीको विरोध गर्नुको अर्थ छैन : बाँस्कोटा

अ+ अ-

काठमाडौं । सरकारले मुलुकको बृहत्तर हितका लागि जुनसुकै देशसँग पनि आर्थिक सहायता लिन सकिने प्रष्ट पारेको छ । ‘मिलिनियम च्यालेन्स कर्पोरेशन’ (एमसिसी) सम्बन्धी अमेरिकी सहयोगका सम्बन्धमा भइरहको टिकाटिप्पणीप्रति लक्षित गर्दैै सरकारले राजनीतिक दाउपेचको मसला बनाएर विषयवस्तुलाई तोरमोरड नगर्न सबैसँग आग्रह गरेको छ ।

यही माघ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसिसीका सम्बन्धमा तथ्यहरु एकातिर राखेर ठूलो स्वरले क्रान्तिकारी बनेर विरोध गर्नुको कुनै अर्थ नभएको टिप्पणी गरे ।

एमसिसीसम्बन्धी सहयोग विद्युत् प्रसारण लाइनको क्षमता विस्तारका साथै सडक पूर्वाधार स्तरोन्नतिमा खर्च गरिने प्रष्टयाउँदै उनले एमसिसीबारे अनावश्यक शंका उपशंका नगर्न आग्रह गरे । एमसिसी सहयोग सैन्य गतिविधिसँग सम्बन्धित छ भनेर ‘स्याल’ले जस्तो कराउनुको कुनै अर्थ नभएको उनको भनाइ थियो ।

मानवीय क्षमता र साधन स्रोतको प्रयोग तथा पूँजी र प्रविधिको संयोजनद्वारा नै समृद्धि हासिल हुने भन्दै उनले भारतसँग विद्युत् व्यापारसम्बन्धी सम्झौता भइसकेको अवस्थामा विद्युतीय क्षेत्रको विकासका लागि आउने सहयोगमा अवरोध गर्नेगरी वहस गर्नु भनेको राष्ट्रवादको जामाभित्र अरुलाई राष्ट्रघाती देखाएर विकास, समृद्धि र परिवर्तनको योजनालाई रोक्ने प्रयत्न भएको जिकिर गरे ।

एमसिसी परियोजनाको लेखा प्रणाली नेपाल स्वयम्ले नै हेर्ने व्यवस्था रहेको जानकारी दिँदै उनले लगानी गरेको हिसाबले अमेरिकाले पनि चासो राख्न सक्ने बताए । ‘एमसिसीमा हाम्रो पनि लगानी रहेको छ, हामी करिब १५ अर्ब लगानी गर्दैछौँ, उनीहरु (अमेरिका) करिब ५५ अर्ब लगानी गर्दैछन्’, उनले भने, ‘जहाँसम्म संघीय संसद्बाट अनुमोदन गर्ने कुरा छ, अमेरिकाको संसद्ले अनुमोदन गरेको छ, ४९ देशमा एमसिसी परियोजना सञ्चालित छ ।’

उनले दक्षिण एसियामा श्रीलङ्का र नेपाल एमसिसी सहयोग प्राप्त गर्ने मुलुकका रुपमा रहेको जानकारी दिए । छिमेकी मुलुक चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र एमसिसी परियोजना सामरिक रणनीतिका नभएको प्रष्ट पार्दै प्रवक्ता बाँस्कोटाले यो विशुद्ध आर्थिक प्रगति, सम्पर्क सञ्जाल, ऊर्जा तथा यातायात क्षेत्रको विकासमा केन्द्रित भएको बताए । ‘हामी कुनै पनि मुलुकको सैन्य गतिविधिमा सामेल हुँदैनौँ, असंलग्नता हाम्रो मुख्य नीति हो’, उनले भने, ‘तर शीत युद्धका समयमा पनि हामीले विभिन्न मुलुकसँग सहयोग लिएका उदाहरण भने छन् ।’

विश्व बैंक, एसियाली विकास बैंक, एक्जिम बैंक अफ चाइना, एक्जिम बैंक अफ भारतलगायत दातृ निकायले पनि कुनै न कुनै शर्तका आधारमा मात्र विकास अनुदान उपलब्ध गराउँदै आएको प्रवक्ता बाँस्कोटाले कतिपय मुलुकसँगको ऋण सहायतामा पनि शर्त स्वीकारेको उदाहरण पेश गरे ।

‘सार्वजनिक रुपमा पनि, पार्टीका फोरममा पनि म बहुत स्पष्टसँग भन्न चाहन्छु, हामी अर्को बाटो हिँड्न सक्दैनौँ’, उनले भने, ‘हामीले अरुण तेस्रो जलविद्युत् परियोजना रोक्दा कति वर्ष पछाडि पर्‍यौँ, हामीले सहयोग लिँदै आएका अन्य दातृ निकायका शर्त छैनन् ?’रासस